NIMB Header 2
Nepal Life

वीरगञ्जमा ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई युवकको मृत्यु, एक घाइते

National Life
  • BFIS News
  • 2025 Jun 13 13:11
वीरगञ्जमा ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई युवकको मृत्यु, एक घाइते
Sanima Reliance

वीरगञ्ज। पर्साको वीरगञ्ज महानगरपालिका–२२ स्थित सीताराम चोक नजिकै शुक्रबार बिहान भएको सवारी दुर्घटनामा दुई युवकको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

Shikhar
NIMB

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार बिहान करिब ५ बजे बिग्रिएर सडकमा रोकेको एचआर ५५ के ३९७१ नम्बरको ट्रकमा बाग्मती प्रदेशको ०३–००४ प ८६१२ नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो।

प्रहरी नायब उपरीक्षक किशोर लम्सालका अनुसार मोटरसाइकलमा तीन जना सवार थिए। दुर्घटनापछि गम्भीर घाइते भएका तीनै जनालाई उपचारका लागि अस्पताल लगिएकोमा २३ वर्षीय रामाकान्त यादवविजय यादवको उपचारको क्रममा मृत्यु भएको हो। दुवै जना छिपहरमाई गाउँपालिका–३ झलमैया टोलका हुन्।

घाइते भएका २२ वर्षीय विजयकुमार यादवको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको र अहिले अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटना स्थलमा रोकिएको ट्रक उचित सावधानी बिना पार्क गरिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार