NIMB Header 2
Nepal Life

गोरखाका लागि बजेट कटौतीको विरोधमा कांग्रेस सांसद बजगाईं संसद्को बाल्कोनीमा

Muktinath Bank
  • BFIS News
  • 2025 Jun 15 13:40
गोरखाका लागि बजेट कटौतीको विरोधमा कांग्रेस सांसद बजगाईं संसद्को बाल्कोनीमा
Everest Bank

काठमाडौं, असार १।  सत्तारूढ दल नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले आफ्नो जिल्लाका योजना बजेटमा नपरेको भन्दै असन्तुष्टि जनाउँदै आइतबार प्रतिनिधिसभाको बैठकको क्रममा संसद्को दर्शक दीर्घा (बाल्कोनी) मा उभिएर अनौपचारिक ढंगमा विरोध प्रदर्शन गरेका छन्।

Shikhar
NIMB

सांसद बजगाईं भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गोरखा जिल्लालाई आवश्यक बजेट नदिएको भन्दै आफ्ना जिल्लावासीसहित दर्शक दीर्घातर्फ गएर केहीबेर बसेका थिए। उनले संसद् बैठकमा हाजिरी दिएपछि दर्शक दीर्घातर्फ गएका थिए र केही समयपछि पुनः सांसद बस्ने सभाकक्षमा फर्किएका थिए।

बजगाईंले अनलाइनखबरसँग कुरा गर्दै भने, “सम्माननीय केपी शर्मा ओलीलाई थाहा छ—गोरखा लुकेको कर्णाली हो। बुढीगण्डकी आयोजना निर्माण गर्ने अठोट पनि उहाँसँग छ। तर सरकारसँग सबै कुरा थाहा हुँदा हुँदै गोरखालाई बजेट दिइएको छैन।”

उनको गुनासो छ कि गोरखाका लागि विगतमा विनियोजन हुँदै आएको करिब चार दर्जन योजनाहरूका बजेट शीर्षकहरू पछिल्ला दुई आर्थिक वर्षमा कटौती गरिएको छ।

भौतिक पूर्वाधारमन्त्रीप्रति असन्तुष्टि

बजगाईंले भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालप्रति तीव्र असन्तुष्टि व्यक्त गर्दै भने, “उहाँ जनताको प्रतिनिधि जस्तो लागेन, त्यसैले विरोधस्वरूप दर्शक दीर्घामा गएँ।”

उनले मन्त्री दाहालले न प्रजातान्त्रिक मूल्य र मर्म बुझेका छन्, न त नेपालको भूगोलप्रति आवश्यक समझदारी देखाएका छन् भन्ने आरोप लगाए। “मन्त्रीले नागरिकका मौलिक अधिकार र स्रोत साधनको समान वितरण भन्ने कुरालाई सम्बोधन गर्न असमर्थ देखिए,” बजगाईंले थपे।

संसदभित्रको असन्तुष्टि संसदबाहिर झल्कियो

सांसद बजगाईंको यो व्यवहार संसदभित्र बजेटप्रति असन्तुष्टि मात्रै नभई, सरकारका नीति तथा कार्यशैलीप्रति गहिरो असहमति र आक्रोशको संकेतका रूपमा लिइएको छ।

“गोरखाली जनताको तर्फबाट म भौतिक पूर्वाधारमन्त्रीको निर्णयको घोर भर्त्सना गर्दछु,” उनले भने, “सरकारको यो व्यवहार सरासर अन्यायपूर्ण र दुर्भाग्यपूर्ण छ।”

सांसद बजगाईंको उक्त विरोधलाई संसदभित्र बजेटको न्यायसंगत वितरण र क्षेत्रीय सन्तुलनको पक्षमा उठाइएको चेतावनी स्वरूपको प्रदर्शनका रूपमा हेरिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया