Nepal Life

नबिल बैंकको २६५ औं शाखा सोलुखुम्बुको नाम्चेमा

NMB Bank
  • BFIS News
  • 2023 Sep 18 09:47
नबिल बैंकको २६५ औं शाखा सोलुखुम्बुको नाम्चेमा
National Life

काठमाडौं । देशकै अग्रणी बैंकको रूपमा परिचित नबिल बैंक लिमिटेडको २६५ औँ शाखा सोलुखुम्बु जिल्लाको नाम्चेमा उद्घाटन गरिएको छ । बैंकिङ पहुँच विस्तार तथा दुर्गम क्षेत्रमा शाखा विस्तार रणनीतिका साथ नाम्चेमा शाखा विस्तार गरिएको नबिल बैंकले जनाएको छ ।

Shikhar
NIMB

नबिल बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौड्याल तथा प्रमुख अतिथी पूर्व वडा अध्यक्ष छिरिङ फेन्जो शेर्पाले संयुक्त रुपमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाको उपस्थितीमा शाखा उद्घाटन गरेका थिए ।

उद्घाटन कार्यक्रममा अध्यक्ष पौड्यालले नाम्चेमा नबिलको व्यवसाय विस्तार मात्रै नभई समुदाय स्तरमा काम गर्ने ध्येय नबिल बैंकको रहेको बताए । ‘नबिल बैंकले समुदायसँग मिलेर काम गर्नमा विश्वास राखेको छ र नाम्चेमा शाखा खोल्नु हाम्रो लागि खुसीको क्षण हो,’ उनले भने ।

प्रमुख अतिथी शेर्पाले यस क्षेत्रमा नबिल बैंकको उपस्थितिले खुसी तुल्याएको बताए । उनले स्थानीय स्तरमा वित्तीय पहुँच र आर्थिक उपार्जनका क्रियाकलापको लागि बैंकको उपस्थिति अर्थपूर्ण रहने बताए ।

नबिल बैंकका सिईओ ढुंगानाले नाम्चे क्षेत्रमा सहज वित्तीय पहुँच दिने र गुणस्तरीय बैंकिङ सेवा विस्तार गर्ने उद्देश्यले शाखा विस्तार गरिएको बताए । ‘हामी यस क्षेत्रको आर्थिक आवश्यकता पूरा गर्न सेवाग्राहीलाई उत्कृष्ट सेवा दिनको लागि हाम्रो प्रयास रहनेछ,’ ढुंगानाले भने ।

उद्घाटन समारोहमा वडा सदस्य न्वाङ शेर्पा, सिमा प्रशासकीय अधिकृत सुजन कुमारी बर्देवा, प्रहरी निरीक्षक कविन राई लगायत स्थानीय प्रतिनिधिका साथै नबिल बैंकका उच्च अधिकारीहरूको उपस्थिती रहेको थियो ।

नबिल बैंक नेपालको अग्रणी वाणिज्य बैंक मध्ये एक हो । बैंकको देशभर २६५ शाखा सञ्जालसहित ३०६ एटिएम मेसिनबाट सेवा दिएको छ । नबिल बैंकसँग हालसम्म १८ लाखभन्दा बढी ग्राहक संख्या पुगेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया