Nepal Life

मकरी गाड हाइड्रोपावरले असार १८ मा विशेष साधारण सभा बोलायो, आईपीओ निष्कासनबारे छलफल हुने

NMB Bank
  • BFIS News
  • 2025 Jun 16 12:12
मकरी गाड हाइड्रोपावरले असार १८ मा विशेष साधारण सभा बोलायो, आईपीओ निष्कासनबारे छलफल हुने
National Life

काठमाडौं, असार २। मकरी गाड हाइड्रोपावर लिमिटेडले आगामी असार १८ गते विशेष साधारण सभा आह्वान गरेको छ।

Shikhar
NIMB

सभा कम्पनीको रजिष्टर्ड कार्यालय नारायणगोपाल चोक, महाराजगञ्ज, काठमाडौंमा साँझ ५ बजे सुरु हुनेछ।

सभामा कम्पनीले आम नागरिकका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने प्रस्तावबारे छलफल गर्नेछ। साथै, आईपीओ बिक्रीबाट प्राप्त हुने पुँजीको उपयोग योजनासम्बन्धी प्रस्तावहरू पनि प्रस्तुत गरिने जनाइएको छ।

त्यसैगरी, कम्पनीको अधिकृत तथा जारी पुँजी वृद्धि सम्बन्धमा पनि सभामा छलफल हुने एजेन्डा रहेको छ।

कम्पनीले आईपीओ निष्कासनमार्फत उत्पादनमा आधारित आयोजना विस्तार र वित्तीय सुदृढीकरणको लक्ष्य राखेको बताइएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया