NIMB Header 2
Nepal Life

रु रु जलविद्युत् परियोजना लिमिटेडले कर्णाली वाटर पावरमा गरिएको लगानी आंशिक रूपमा फिर्ता लिने

National Life
  • BFIS News
  • 2025 Jun 16 12:44
रु रु जलविद्युत् परियोजना लिमिटेडले कर्णाली वाटर पावरमा गरिएको लगानी आंशिक रूपमा फिर्ता लिने
Sanima Reliance

काठमाडौं, असार २।  रु रु जलविद्युत् परियोजना लिमिटेडले कर्णाली वाटर पावर प्रा.लि.मा गरेको लगानीमध्ये आंशिक हिस्साबन्दी गर्ने निर्णय गरेको छ।

Shikhar
NIMB

कम्पनीले असार १ गते बसेको सञ्चालक समितिको बैठकमा सो निर्णय लिएको हो र त्यसबारे जानकारी नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा पठाएको छ।

कम्पनीले ७ करोड ७० लाख रुपैयाँ बराबरको लगानीमध्ये ४ करोड २३ लाख रुपैयाँ बराबरको लगानी फिर्ता लिने निर्णय गरेको हो। कम्पनीले सो लगानी बिक्रीबाट करसहित ९ करोड १४ लाख २६ हजार ५१३ रुपैयाँ प्राप्त गर्ने जनाएको छ।

यस आंशिक फिर्ती निर्णय कम्पनीको लगानी संरचना सन्तुलनमा ल्याउने, तरलता सुधार गर्ने, नयाँ परियोजनामा लगानी वा पूँजीगत खर्च व्यवस्थापन गर्ने उद्देश्यका लागि गरिएको अनुमान गरिएको छ। तर, कम्पनीले खरीदकर्ता को हो वा यस निर्णयको ठोस उद्देश्य भने खुलाएको छैन।

यस सम्बन्धमा थप विवरण आगामी त्रैमासिक वित्तीय विवरणमार्फत सार्वजनिक गरिने अपेक्षा गरिएको छ। यो निर्णय कम्पनीले नियामक निकाय समक्ष पारदर्शिता कायम गर्नुपर्ने दायित्वअनुसार गरिएको हो।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार