NIMB Header 2
Nepal Life

वर्ल्डलिंक कम्युनिकेसन्सको आम्दानी ११ अर्ब नाघ्यो, प्रतिस्पर्धा बढे पनि बजार हिस्सा कायम

National Life
  • BFIS News
  • 2025 Jun 16 15:51
वर्ल्डलिंक कम्युनिकेसन्सको आम्दानी ११ अर्ब नाघ्यो, प्रतिस्पर्धा बढे पनि बजार हिस्सा कायम
Sanima Reliance

काठमाडौं, असार २। वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले सन् २०२४ मा ११ अर्ब १२ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको छ।

Shikhar
NIMB

यो अघिल्लो वर्ष सन् २०२३ को तुलनामा ७.७० प्रतिशतले वृद्धि हो। सन् २०२३ मा कम्पनीको आम्दानी १० अर्ब ३३ करोड २० लाख रुपैयाँ रहेको थियो भने सन् २०२२ मा यो रकम ९ अर्ब ३९ करोड १० लाख रुपैयाँ थियो। सो तथ्याङ्क केयर रेटिङ नेपालले सार्वजनिक गरेको हो।

कम्पनीले ३ अर्ब ९४ करोड ६० लाख रुपैयाँ बराबरको कर्जाका लागि पुनः रेटिङ गराएको छ। यसअन्तर्गत दीर्घकालीन २ अर्ब १९ करोड ६० लाख कर्जालाई ‘CARENP-A’ र छोटो अवधिका १ अर्ब ७५ करोड रुपैयाँ कर्जालाई ‘CARENP A2+’ को रेटिङ प्रदान गरिएको हो। टेलिकम लाइसेन्स नवीकरणसम्बन्धी सर्वोच्च अदालतको २०८१ जेठ १ गतेको फैसलासँगै नियममा आएको सुधारपछि यो रेटिङ दिइएको हो।

कम्पनीले पुराना रोयल्टी तथा ग्रामीण टेलिकम विकास कोषसम्बन्धी दाबीहरू २०७८ मंसिर २८ गते नै भुक्तानी गरिसकेको छ।

पछिल्लो केही वर्षयता वर्ल्डलिंकले ग्राहक संख्या र कारोबारमा उल्लेखनीय वृद्धि गर्दै आएको छ। हाल देशभर १० लाखभन्दा बढी सक्रिय ग्राहक रहेको कम्पनीको इन्टरनेट बजारमा ३२ प्रतिशत हिस्सा रहेको छ।

यद्यपि, तीव्र प्रतिस्पर्धाका कारण प्रति ग्राहक आम्दानीमा भने गिरावट देखिएको छ। गत वर्ष प्रति ग्राहक मासिक आम्दानी ९८७ रुपैयाँबाट घटेर ८६१ रुपैयाँमा झरेको छ।

विदेशी लगानीतर्फ, कम्पनीले ब्रिटिश इन्टरनेसनल इन्भेस्टमेन्टबाट १ अर्ब ८ करोड र डोल्मा इम्प्याक्ट फन्डबाट ९० करोड रुपैयाँको वैदेशिक लगानी प्राप्त गरिसकेको छ। साथै, २०८१ मंसिर १३ गते फिनफन्डसँग १ करोड युरोको एफडीआइ सम्झौता गरिएको छ।

वर्तमानमा वर्ल्डलिंकले देशका ७० भन्दा बढी जिल्लामा सेवा विस्तार गरिसकेको छ। कम्पनीको कुल आम्दानीमा आइएसपी सेवाबाट ५० प्रतिशत र प्राविधिक सेवाबाट बाँकी हिस्सा रहेको छ।

हाल फाइबर नेटवर्क मुख्य रूपमा शहरी क्षेत्रमा केन्द्रित रहेको र कम्पनीले ग्रामीण क्षेत्रमा समेत सेवा विस्तार गर्ने उद्देश्यले थप नेटवर्क विस्तारको योजना बनाइरहेको छ। यसका लागि ऋण, आन्तरिक आम्दानी र नयाँ सेयर निष्कासनबाट पूँजी जुटाउने तयारी भइरहेको छ।

तर भविष्यमा अत्यधिक कर्जा लिइएको खण्डमा कम्पनीको ऋण चुक्ता क्षमता प्रभावित हुन सक्ने चेतावनी केयर रेटिङ नेपालले दिएको छ।

डिजिटाइजेसनको तीव्र विकाससँगै नेपालमा इन्टरनेट सेवा प्रदायकको संख्या वृद्धि हुँदै गएको छ। वर्ल्डलिंकले अन्य आइएसपी मात्र नभई दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूसँग समेत प्रतिस्पर्धा गर्नु परिरहेको चुनौती रहेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार