NIMB Header 2
Nepal Life

इरान–इजरायल तनाव चर्किंदै, चीनद्वारा 'तुरुन्तै' कदम चाल्न आग्रह

Muktinath Bank
  • BFIS News
  • 2025 Jun 16 15:59
इरान–इजरायल तनाव चर्किंदै, चीनद्वारा 'तुरुन्तै' कदम चाल्न आग्रह
Everest Bank

काठमाडौं। इरान र इजरायलबीच सैन्य तनाव तीव्र बनेका बेला चीनले दुबै पक्षलाई तत्काल तनाव न्यूनीकरणका उपायहरू अपनाउन आग्रह गरेको छ।

Shikhar
NIMB

पछिल्ला दिनहरूमा इरानले इजरायली सहरहरूमा मिसाइल आक्रमण गरेको र इजरायलले इरानभित्र गहिरो सैन्य लक्ष्यहरूमा प्रहार गरेपछि चिनियाँ विदेश मन्त्रालयले गम्भीर चिन्ता व्यक्त गर्दै दुबै पक्षलाई संयमता अपनाउन भनेको हो।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले सोमबार भने, “हामी सबै पक्षलाई तुरुन्तै तनाव घटाउने कदम चाल्न, क्षेत्रीय अस्थिरता रोकिन, र संवादमार्फत समस्याको समाधान खोज्न आग्रह गर्छौं।”

दशकौं लामो शत्रुता, प्रोक्सी युद्ध र गुप्त कारबाहीहरूमार्फत चलेको इरान–इजरायल द्वन्द्व गत हप्ताको इजरायली हवाई आक्रमणपछि खुला सैन्य झडपमा परिणत भएको छ। इजरायलले उक्त आक्रमणमा इरानका सैन्य तथा आणविक ठूला संरचनाहरूलाई निशाना बनाएको दाबी गर्दै केही शीर्ष इरानी कमान्डर र आणविक वैज्ञानिकको मृत्यु भएको बताएको छ।

तर, अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार एक वरिष्ठ अधिकारीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायललाई इरानका सर्वोच्च नेता आयातुल्लाह अली खामेनीमाथि आक्रमण नगर्न सुझाव दिएका थिए।

यसैबीच, चीनका शीर्ष कूटनीतिज्ञ तथा विदेशमन्त्री वाङ यीले शनिबार इजरायली र इरानी समकक्षीसँग टेलिफोन वार्ता गरेका थिए। वार्ताका क्रममा वाङले चीन इरानप्रति प्रतिबद्ध रहेको र क्षेत्रीय शान्तिका लागि चीन सक्रिय रहने बताएको छ।

चीन र इरानबीच घनिष्ठ आर्थिक सम्बन्ध रहेको छ। चीन इरानको सबैभन्दा ठूलो व्यापार साझेदार र कच्चा तेलको प्रमुख आयातकर्ता हो। यद्यपि, इरान अहिले पनि कडा अमेरिकी प्रतिबन्धको सामना गरिरहेको छ।

“बल प्रयोगले दिगो शान्ति ल्याउन सक्दैन,” प्रवक्ता गुओले भने, “चीनले यो क्षेत्रमा थप अशान्ति रोक्न, संवादलाई प्रोत्साहन दिन र शान्ति कायम गर्न सम्बन्धित पक्षहरूसँग निरन्तर सम्पर्कमा रहनेछ।”

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया