राष्ट्र बैंकले १० रूपैयाँको नयाँ नोट आजदेखि चलनचल्तीमा ल्यायो
- BFIS News
- 2025 Jun 16 16:06
काठमाडौं। नेपाल राष्ट्र बैंकले सोमबार (आज) देखि १० रूपैयाँको नयाँ नोट चलनचल्तीमा ल्याएको छ।
नयाँ नोटमा गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर रहेको छ। बैंकका अनुसार नोटको आकार, रंग तथा अन्य विशेषताहरू यथावत् छन्।
राष्ट्र बैंकले ‘द ३२ ०००००१’ देखि ‘प ९४ ९९९९९९’ सिरियल नम्बरसम्मका नयाँ नोटहरू क्रमशः चलनचल्तीमा ल्याइने जनाएको छ।
नोटहरूको वितरण बैंकमार्फत गरिनेछ र पुराना नोटहरूसँग सँगै यी नयाँ नोटहरू पनि प्रयोगमा ल्याइने छन्।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)



















प्रतिक्रिया