NIMB Header 2
Nepal Life

नेपालले टि२० अन्तर्राष्ट्रिय क्रिकेटमा आज खेल्दैछ सयौं खेल, नेदरल्यान्ड्सविरुद्ध शतकीय उत्सव

National Life
  • BFIS News
  • 2025 Jun 16 16:32
नेपालले टि२० अन्तर्राष्ट्रिय क्रिकेटमा आज खेल्दैछ सयौं खेल, नेदरल्यान्ड्सविरुद्ध शतकीय उत्सव
Sanima Reliance

काठमाडौं।  नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले आज टि२० अन्तर्राष्ट्रिय क्रिकेटमा सयौं खेलको कीर्तिमान पूरा गर्दैछ।

Shikhar
NIMB

सन् २०१४ मा टि२० विश्वकपमा हङकङसँग पहिलो खेल खेलेर सुरु गरेको नेपालको टि२०आई यात्रा नेदरल्यान्ड्सविरुद्धको खेलमा १०० औं खेलमा प्रवेश गर्न लागेको हो।

नेपालले टि२०आईमा सबैभन्दा बढी १३ पटक नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गरेको छ। टेस्ट राष्ट्रहरूमध्ये नेपालले बंगलादेशसँग २ पटक विश्कपमा प्रतिस्पर्धा गरिसकेको छ भने भारतसँग एसियाली खेलकुद र दक्षिण अफ्रिकासँग टि२० विश्वकप खेलिसकेको छ।

टि२०आईमा नेपालले सबैभन्दा धेरै जित मलेसियाविरुद्ध दर्ता गरेको छ। मलेसियाविरुद्ध १० मध्ये ९ खेलमा नेपाल विजयी रहेको छ भने सबैभन्दा धेरै हार नेदरल्यान्ड्सविरुद्ध १३ मध्ये ७ खेलमा व्यहोरेको छ।

नेपालका लागि सर्वाधिक टि२०आई खेलेका खेलाडीमा सोमपाल कामी, करण केसी र दीपेन्द्रसिंह ऐरी रहेका छन्, जसले समान ७८ खेल खेलेका छन्। कप्तान रोहित पौडेलले ६३ खेल खेलिसकेका छन्। सोमपाल कामी टि२०आईमा टोलीको पहिलो खेलमा सहभागी थिए, तर हाल चोटका कारण टोलीमा छैनन्।

हालसम्म नेपालबाट ४९ खेलाडीले टि२०आई खेलेका छन्। पछिल्लो खेलाडी नद्नन यादवले हङकङमा ४९ औं क्याप पाएका थिए। अमृत भट्टराई र भुवन कार्कीले नेपालका लागि केवल १–१ खेल खेलेका छन्।

नेपाल र नेदरल्यान्ड्सबीचको त्रिकोणात्मक टि२०आई सिरिज अन्तर्गतको खेल आज साँझ ७:४५ बजे सुरु हुनेछ। सिरिजको पहिलो खेलमा स्कटल्यान्डले नेदरल्यान्ड्सलाई ३९ रनले हराइसकेको छ।

नेपालले अहिलेसम्म खेलेका ९९ टि२०आई खेलका प्रतिद्वन्द्वीहरू यस प्रकार छन्:
अफगानिस्तान १, बंगलादेश २, भारत १, आयरल्यान्ड ३, दक्षिण अफ्रिका १, जिम्बावे २, भुटान १, क्यानडा ३, हङकङ १२, केन्या ५, कुवेत ३, मलेसिया १०, माल्दिभ्स ३, मंगोलिया १, नामिबिया २, नेदरल्यान्ड्स १३, ओमान ८, पपुवा न्यूगिनी ६, फिलिपिन्स १, कतार ३, साउदी अरब १, सिंगापुर ३, थाइल्याण्ड १, यूएई १०, अमेरिका ३।

नेपालको टि२०आई यात्रा निरन्तर प्रगतिको पथमा छ र आगामी खेलमा पनि टोलीबाट उत्कृष्ट प्रदर्शनको अपेक्षा गरिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार