NIMB Header 2
Nepal Life

कनाडामा सुरु भएको G7 शिखर सम्मेलनमा नेताहरूबीच मतभेद सतहमा

Muktinath Bank
  • BFIS News
  • 2025 Jun 17 08:06
कनाडामा सुरु भएको G7 शिखर सम्मेलनमा नेताहरूबीच मतभेद सतहमा
Everest Bank

काल्गरी, क्यानाडा।  क्यानाडाको अल्बर्टा प्रान्तस्थित कानानास्किसमा सोमबारबाट सुरु भएको दुईदिने G7 शिखर सम्मेलनको पहिलो दिन नै सहभागी नेताहरूबीच मतभेद देखा परेको छ।

Shikhar
NIMB

सीएनएनका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरानबीचको तनाव न्यूनीकरणको आह्वान गर्ने संयुक्त वक्तव्यमा हस्ताक्षर नगर्ने निर्णय गरेका छन्।
यता, युरोपेली आयोगकी अध्यक्ष उर्सुला भन डेर लायनयुरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टाले आइतवार राति आयोजित पत्रकार सम्मेलनमा इजरायललाई आत्मरक्षाको अधिकार रहेको र इरानलाई आणविक हतियार प्राप्त गर्न नदिने स्पष्ट बताएका थिए।

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँ, जर्मन चान्सलर फ्रेडरिक मर्जबेलायतका प्रधानमन्त्री कीर स्टार्मर समेत मध्यपूर्व संकटमा साझा धारणा तय गर्ने प्रयासमा थिए। तर राष्ट्रपति ट्रम्पको असहमति सार्वजनिक भएपछि सहभागी राष्ट्रहरूबीच प्रारम्भिक मतभेद झल्किएको हो।

यद्यपि, एक वरिष्ठ क्यानाडेली अधिकारीका अनुसार युरोपेली नेताहरू अझै पनि सहमति खोज्ने प्रयासमा छन्।

यसबाहेक, व्यापारसम्बन्धी विषयहरू पनि प्रमुख चर्चाको केन्द्र बन्ने देखिएको छ। क्यानाडाली प्रधानमन्त्री मार्क कार्नीसँगको भेटपछि ट्रम्पले क्यानाडासँगको सुरक्षा–व्यापार सम्झौता अड्किएको नभई अलग अवधारणाको विषय भएको बताए।

"मेरो धारणा 'ट्यारिफ' केन्द्रित छ भने मार्कको धारणा भिन्न छ," ट्रम्पले भने, "हामी आजै समाधान निकाल्न सक्छौं कि भनी हेर्नेछौं।"

उनले थपे, "मार्कको सोच बढी जटिल छ, तर राम्रो पनि छ। हामी दुबै प्रस्ताव हेरेर निर्णय गर्नेछौं।"

राष्ट्रपति ट्रम्पले रूसलाई G8 बाट हटाउनु गल्ती भएको पनि बताए, र यदि रूस हटाइएको थिएन भने युक्रेनमा युद्ध नहुने दाबी गरे।

शिखर सम्मेलन आइतवार संक्षिप्त कार्यसूचीसहित सार्वजनिक गरिएको थियो। यसपटक विश्व अर्थतन्त्र र ऊर्जा सुरक्षालाई प्राथमिकतामा राखिएको छ। सप्ताहन्तदेखि सुरु हुने भनिएको सम्मेलन दुई दिनमा सीमित गर्दै सोमबारदेखि औपचारिकरूपमा सुरु गरिएको हो।

G7 एक अनौपचारिक समूह हो, जसमा क्यानाडा, फ्रान्स, जर्मनी, इटाली, जापान, बेलायत, अमेरिकायुरोपेली संघ सहभागी छन् — जुन विश्वका सात प्रमुख अर्थतन्त्रहरूको प्रतिनिधित्व गर्छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया