Nepal Life

हरितालिका तिजको दिन ४.२६अंकले बढ्यो, कारोबार रकममा भारि गिरावट

Global Ime detail Page
  • BFIS News
  • 2023 Sep Mon 15:10
हरितालिका तिजको दिन ४.२६अंकले बढ्यो, कारोबार रकममा भारि गिरावट
Sanima Reliance

काठमाडौं । आज हरितालिका तिजको अवसरमा नेप्से सूचक ४.२६ अंकले बढेको छ । हिजो दोहोरो अंकले घटेको शेयर बजारमा २ अर्ब भन्दा माथिको कारोबार भएको थियो । तर आज बजार सुधार हुँदा पनि ८७ करोडको मात्रै खरिद बिक्री भएको छ । कारोबार रकम नबढ्नु भनेको शेयर बजारका लागि राम्रो संकेत होइन ।

NIMB

आज १४९ वटा कम्पनीको शेयर मूल्यमा सुधार हुँदा ६२ वटा कम्पनीको शेयर मूल्यमा भने गिरावट देखिएको छ । बाणिज्य बैंक बाहेक सम्पुर्ण सूचक तथा उपसूचकमा सुधार देखिएको छ ।

इमर्जिङ नेपाल र थ्रिस्टार हाइड्रोपावरको शेयर मूल्य सर्वाधिक बढ्ने क्रममा सर्किट लागेको छ । आज पनि रिलायबल नेपाल लाइफको शेयर खरिद बिक्री सबैभन्दा धेरै भएको छ । त्यस पछि एनआइसी एशियाको ४ करोड ३४ लाख रुपैयाँको भएको छ ।   

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया