सुनको मूल्यमा प्रतितोला २,५०० रुपैयाँको भारी गिरावट, चाँदी पनि सस्तियो
- BFIS News
- 2025 Jun 17 11:20
काठमाडौं, असार ३ गते। मंगलबार, नेपाली बजारमा सुनको मूल्यमा उल्लेखनीय गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला २ हजार ५०० रुपैयाँले घटेर एक लाख ९५ हजार रुपैयाँमा कारोबार भएको छ।
अघिल्लो दिन अर्थात् सोमबार, छापावाल सुन प्रतितोला एक लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको थियो।
त्यस्तै, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। मंगलबारको बजारमा चाँदी प्रतितोला ५ रुपैयाँ घटेर २ हजार १६० रुपैयाँमा खरिद बिक्री भइरहेको छ, जबकि सोमबार सो मूल्य २ हजार १६५ रुपैयाँ थियो।
सुन र चाँदी दुवैको मूल्यमा आएको गिरावटले बजारमा व्यापारिक चहलपहलमा असर पर्न सक्ने अनुमान गरिएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)



















प्रतिक्रिया