NIMB Header 2
Nepal Life

एसईईको नतिजा असारको पहिलो साता सार्वजनिक हुने तयारी

National Life
  • BFIS News
  • 2025 Jun 17 11:57
एसईईको नतिजा असारको पहिलो साता सार्वजनिक हुने तयारी
Sanima Reliance

काठमाडौं।  राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असारको पहिलो साता सार्वजनिक गर्ने तयारी गरिरहेको छ।

Shikhar
NIMB

सामान्यतः हरेक वर्ष जेठको अन्त्य वा असारको सुरुमा नतिजा प्रकाशित हुने भए पनि यस वर्ष उत्तरपुस्तिका मूल्यांकनमा ढिलाइ भएका कारण नतिजा सार्वजनिक हुने समय पछि धकेलिएको हो।

चैत २० गतेदेखि सञ्चालन भएको एसईई परीक्षाको उत्तरपुस्तिका जाँच कार्यमा अप्रिल २ (चैत २०) देखि सुरु भएको २९ दिन लामो शिक्षक आन्दोलनले ठुलो असर पारेको बोर्डले जनाएको छ। साथै, व्यवस्थापकीय तयारीमा थप दुई दिन खर्चिनु परेपछि मूल्यांकन प्रक्रिया ढिलो सुरु भएको हो।

हाल उत्तरपुस्तिका मूल्यांकन अन्तिम चरणमा पुगेको छ भने कर्मचारीहरू बिहानदेखि बेलुका सम्म पूर्ण सिफ्टमा खटिएका छन्।

यस वर्ष एसईई परीक्षामा ४ लाख ९९ हजार १ सय ८३ विद्यार्थी सहभागी भएका थिए। तीमध्ये नियमित विधाबाट ४ लाख ३१ हजार ४ सय ६६ जना र ग्रेड सुधारतर्फ ६७ हजार ७ सय १५ जना परीक्षार्थी थिए।

नतिजा प्रकाशित भएपछि बोर्डले प्रमाणपत्र वितरण र पुनः मूल्यांकन प्रक्रियालाई यथाशीघ्र अघि बढाउने जनाएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार