NIMB Header 2
Nepal Life

नेपाल राष्ट्र बैंकले माग्यो सुरक्षा गार्ड सहित प्राविधिक पदका लागि ३० जना कर्मचारी

National Life
  • BFIS News
  • 2023 Sep 18 15:32
नेपाल राष्ट्र बैंकले माग्यो सुरक्षा गार्ड सहित प्राविधिक पदका लागि ३० जना कर्मचारी
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले सुरक्षा गार्ड सहित प्राविधिक पदका लागि ३० जना कर्मचारीका लागि दरखास्त आह्वा गरेको छ ।  केन्द्रिय कार्यालयका लागि दुई जना रक्षक र ५ जना सिपाही मागिएको छ । टक्सार महाशाखामा मेकानिकल इन्जिनियर, ओभरसियर, मुर्तीकला तथा चित्रकला सुपरभाइजर, इलेक्ट्रिकल ओभरसियर, मेकानिक लगायतका पदमा कर्मचारी आह्वान गरिएको छ ।

Shikhar
NIMB

राष्ट्र बैंकले रिक्त रहेको उक्त पदमा करारमार्फत पूर्ति गर्नुपर्ने भएकोले इच्छुक योग्य नेपाली नगारिकहरुबाट मिति २०८० असोज एक गतेदेखि २०८० अजोस १५ गतेसम्म अनलाइन दरखास्त फारम पेश गर्न आह्वान गरिएको छ ।

दरखास्त पेश गर्दा आफुले प्राप्त गरेको शैक्षिक योग्यता, नागरिकताको प्रमाणपत्र, तोकिएको अनुभव खुल्ने प्रमाणपत्र, तथा अन्य सम्पुर्ण प्रमाणपत्र स्क्यान गरि संलग्न गर्नुपर्नेछ । दरखास्त दस्तुर भुक्तानी नभएका वा रीत नपुगी आएको दरखास्त उपर कुनै किसिमको कारबाही हुने छैन । झुट्टा विवरण पेश गरी दरखास्त फाराम भरेको सोको जवाफदेही उम्मेदवार स्वयं हुनुपर्नेछ । उम्मेदवारको उमेर ४५ वर्ष रहेको छ । उम्मेदवारको छनोट लिखित, अन्तर्वाता र प्रयोगात्मक विधिबाट हुनेछ ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया