NIMB Header 2
Nepal Life

लगातारको वर्षाले छ स्थानमा मुख्य राजमार्ग अवरुद्ध, यातायात प्रभावित

National Life
  • BFIS News
  • 2025 Jun 17 12:01
लगातारको वर्षाले छ स्थानमा मुख्य राजमार्ग अवरुद्ध, यातायात प्रभावित
Sanima Reliance

काठमाडौं।  लगातारको वर्षाका कारण देशभरका विभिन्न भागमा आएको बाढी र पहिरोले छवटा मुख्य सडक खण्ड अवरुद्ध बनाएको छ।

Shikhar
NIMB

यसले यातायात प्रणालीमा गम्भीर असर पारेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेले जानकारी दिएका छन्।

प्रहरी मुख्यालयका अनुसार ललितपुरको बागमती गाउँपालिका–३, चापेलीमा पहिरो खस्दा कान्ति लोकपथ आज बिहानैदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ।

त्यस्तै, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाका तीन स्थान — वडा नं. २ को कोदारी, वडा नं. ३ को लार्चा र वडा नं. २ कै कोप्लाङमा पहिरोले अरनिको राजमार्ग अवरुद्ध बनाएको छ।

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा विनयी त्रिवेणी गाउँपालिका–१ मा बिनयी खोलाको बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अबरुद्ध भएको छ।

गुल्मीको कालिगण्डकी गाउँपालिका–६, बर्लवामा पहिरो जाँदा कालिगण्डकी करिडोर पूर्ण रूपमा बन्द भएको छ।

जुम्लाको सिँजा क्षेत्रमा पहिरो खस्दा जुम्ला–मुगु सडक अवरुद्ध भएको छ भने धनकुटाको संगुरीगढी गाउँपालिका–५ मा राबी–राँके–भेडेटार सडक एकतर्फी मात्र सञ्चालनमा रहेको प्रहरीले जनाएको छ।

सडक अवरुद्ध भएका क्षेत्रहरूमा यातायात सेवा पुनःस्थापना गर्न सुरक्षाकर्मी र सम्बन्धित निकायहरू खटिइरहेका छन्। अवस्था सामान्य बनाउन प्रयास जारी रहेको जनाइएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार