NIMB Header 2
Nepal Life

उत्पादन अत्यधिक भए पनि लाभ बिचौलियालाई मात्रै, किसान र उपभोक्ता दुबै पिरोलिए

Muktinath Bank
  • BFIS News
  • 2025 Jun 17 12:08
उत्पादन अत्यधिक भए पनि लाभ बिचौलियालाई मात्रै, किसान र उपभोक्ता दुबै पिरोलिए
Everest Bank

काठमाडौं।  पछिल्लो समय तरकारी उत्पादन अत्यधिक वृद्धि हुँदा बजारमा मूल्य अत्यन्तै घटेको छ। किसानहरूले लागतसमेत उठाउन नसक्ने अवस्था आएको छ भने उपभोक्ताहरूले पनि गुणस्तरीय वस्तु नपाएर असन्तुष्टि व्यक्त गरिरहेका छन्। तर लाभ भने मुख्यत: बिचौलिया तहमा सीमित देखिएको छ।

Shikhar
NIMB

उत्पादन अत्यधिक भएपछि व्यापारीहरूले बिक्रीमा समेत समस्या भोगिरहेका छन्। कालिमाटी फलफूल तथा तरकारी बजारका व्यवसायी चेतबहादुर थिङका अनुसार, पहिला धान रोप्ने खेतमा अहिले धेरैले तरकारी खेती गर्न थालेका कारण उत्पादन निकै बढेको हो। तर बिक्री कम हुँदा मूल्यमा ठूलो गिरावट आएको छ।

धादिङ, सर्लाही, काभ्रे, मकवानपुरलगायतका जिल्लाबाट दैनिक ठूलो परिमाणमा तरकारी काठमाडौं भित्रिरहेको छ। तरकारीको मूल्य लौका प्रतिकिलो १५–२० रुपैयाँ, करेला २०–२५, बोडी १५–२० रुपैयाँमा झरेको छ। व्यापारीहरूले यो मूल्यमा न आफूहरूले लाभ लिन सकेको न किसानलाई उचित मूल्य दिन सकेको गुनासो गरेका छन्।

व्यवसायी विष्णु कार्कीका अनुसार, नेपाली उत्पादनकै साथै केही मात्रामा भारतीय तरकारी पनि बजारमा आएकोले आपूर्ति धेरै भएको हो। उनले बजारमा विभिन्न ठाउँमा स्टलहरू खुलेका कारण पनि मूल्य घटेको बताएका छन्। “तरकारी सस्तो हुँदा उपभोक्ताले रुचि देखाउँदैनन्,” कार्कीले भने, “खपत नहुँदा कुहिएर फाल्नुपर्ने अवस्था छ।”

कालिमाटी फलफूल तथा तरकारी विकास समितिका अनुसार मंगलवारको मूल्य सूचीमा लोकल गोलभेंडा प्रतिकिलो २९ रुपैयाँ, ठूलो गोलभेंडा ९५, मकैबोडी ४६, मटरकोशा १५२, लौका १७, घिरौंला ३२, रायो साग ४२, न्युरो २८ र कुरिलो ३०० रुपैयाँ रहेको छ। कन्य च्याउको मूल्य प्रतिकिलो १४५ रुपैयाँ तोकिएको छ।

व्यवसायीहरूका अनुसार, यस्तो अवस्थाले किसानहरूलाई हतोत्साहित गर्ने खतरा बढेको छ, जबकि उपभोक्ताले अझै पनि मूल्य र गुणस्तरमा असन्तुष्टि जनाइरहे छन्। यद्यपि फलफूलको मूल्य पनि गत वर्षको तुलनामा यस वर्ष केही सस्तो भएको व्यवसायीहरूको भनाइ छ।

 

 

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया