NIMB Header 2
Nepal Life

मोबाइल बैङ्किङबाट छ लाख ठगी गर्ने पाचखालका दिवाली पक्राउ

National Life
  • BFIS News
  • 2023 Sep 18 20:43
मोबाइल बैङ्किङबाट छ लाख ठगी गर्ने पाचखालका दिवाली पक्राउ
Sanima Reliance

काठमाडौं । मोबाइल सेवा प्रदायक कम्पनीबाट सिमकार्ड आफ्नो नाममा नामसारी गरी छ लाख दुई हजार ५४८ रुपियाँ ठगी गर्ने २२ वर्षीय सरोज दिवालीलाई प्रहरीले पक्राउ गरेको छ।

Shikhar
NIMB

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार पीडितको मोबाइल नम्बर नामसारी गरी सोही नम्बरबाट मोबाइल बैङ्किङ एक्टिभ गरेर पीडितको बैङ्क खातामा पहुँच पुर्‍याएर दिवालीले सो रकम ठगी गरेका हुन्।

स्थायी घर काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका वडा नम्बर ६ भई हाल काठमाडौँको गोकर्णेश्वरमा बस्ने दिवालीलाई प्रचलित कानुन बमोजिम ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि जिल्ला प्रहरी परिसर, टेकु पठाइएको प्रहरीले जनाएको छ। 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया