NIMB Header 2
Nepal Life

देशका सातै प्रदेशमा पुग्यो 'आईसीटी ज्ञान' कार्यक्रम, डिजिटल खाडल घटाउने लक्ष्य

Muktinath Bank
  • BFIS News
  • 2025 Jun 18 11:52
देशका सातै प्रदेशमा पुग्यो 'आईसीटी ज्ञान' कार्यक्रम, डिजिटल खाडल घटाउने लक्ष्य
Everest Bank

काठमाडौं।   सूचना तथा प्रविधि (आईसीटी) क्षेत्रमा सबैको पहुँच सुनिश्चित गर्न उद्देश्य राखेको 'आईसीटी ज्ञान' कार्यक्रम देशका सातै प्रदेशमा सफलतापूर्वक सम्पन्न भएको छ।

Shikhar
NIMB

आईसीटी फाउन्डेशन नेपाल र एनसेल फाउन्डेशनको संयुक्त पहलमा सञ्चालित यो कार्यक्रम जेठ १६ गतेबाट सुरु भई मोरङ, सर्लाही, दोलखा, स्याङ्जा, प्यूठान, सल्यान र कैलालीका विभिन्न स्थानमा सञ्चालन गरिएको हो।

कार्यक्रमअन्तर्गत विद्यार्थी, शिक्षक, स्थानीय प्रतिनिधि र सर्वसाधारणसमेत गरी २,००० भन्दा बढी सहभागीलाई डिजिटल साक्षरता सम्बन्धी तालिम प्रदान गरिएको थियो।

तालिममा साइबर सुरक्षाका आधारभूत अभ्यास, सुरक्षित अनलाइन व्यवहार, दुई तह प्रमाणीकरण (टू-फ्याक्टर अथेन्टिकेसन) को महत्त्वलगायतका विषयमा जानकारी दिइएको थियो। साथै, विद्युतीय शासन (ई-गभर्नेन्स) र वित्तीय प्रविधि (फिनटेक) सम्बन्धी विषयमा विज्ञहरूले विशेष प्रशिक्षण दिएका थिए। सहभागीहरूले यस्ता कार्यक्रम थप स्थानमा पनि सञ्चालन हुनुपर्ने आवश्यकता औंल्याएका छन्।

आईसीटी ज्ञान कार्यक्रम एनसेल फाउन्डेशनको कर्पोरेट सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गतको पहल हो। यस कार्यक्रमले आईसीटी फाउन्डेशन नेपालको ‘डिजिटल समावेशी समाज’ निर्माण गर्ने अभियानसँग पनि मेल खान्छ।

सन् २०२१ मा स्थापना भएको आईसीटी फाउन्डेशन नेपालले डिजिटल रूपान्तरणलाई प्रवर्द्धन गर्दै सरकार, निजी क्षेत्र तथा प्रविधि कम्पनीहरूसँग सहकार्यमा नवप्रवर्तन तथा डिजिटल नीतिहरूको विकासमा योगदान दिँदै आएको छ। डिजिटल नेपाल कन्क्लेव, ई-गभर्नेन्स म्यापिङजस्ता पहलमार्फत संस्था देशको डिजिटल खाडल घटाउने अभियानमा सक्रिय रूपमा जुटिरहेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया