Nepal Life

"अब नीतिको निर्मम सर्जरी गर्नुपर्ने बेला आइसकेको छ" — प्रा.डा. आर.पी. विच्छा

NMB Bank
  • BFIS News
  • 2025 Jun 18 12:06
"अब नीतिको निर्मम सर्जरी गर्नुपर्ने बेला आइसकेको छ" — प्रा.डा. आर.पी. विच्छा
National Life

काठमाडौं ।  राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा. आर.पी. विच्छाले अबको समय नेपालका नीतिहरूलाई गहिरो समीक्षा गर्दै आवश्यक परे कठोर निर्णय लिनुपर्ने अवस्था आएको बताएका छन्।

Shikhar
NIMB

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले “अब पोलिसी (नीति) लाई निर्ममतापूर्वक सर्जरी गर्ने बेला आइसकेको छ” भन्दै, आवश्यक परे कुनै अंग काटेर भए पनि अगाडि बढ्नुपर्ने धारणा व्यक्त गरे।

उनले हाल नेपालमा आप्रवासन (माइग्रेसन) समस्या र वैवाहिक सम्बन्धमा बढ्दो दरार गम्भीर रूपले देखिन थालेको उल्लेख गर्दै, "कपल सेप्रेसन" अर्थात् दम्पतीको विछोडसम्बन्धी समस्या नीतिगत पुनर्विचारको खाँचो भएको बताए।

प्रा.डा. विच्छाले देशमा भैरहेका योजनाहरूमा जनसंख्यिक संरचना नबुझी लगानी गरिएको भन्दै त्यसले प्रभावकारिता गुमाइरहेको टिप्पणी गरे। उनका अनुसार, हिमाल र पहाडमा सडकलगायतका पूर्वाधार त पुर्‍याइएको छ, तर त्यसको प्रयोग गर्ने जनशक्ति नै नरहेका कारण लगानी उपयोगविहीन भएको छ।

उनले भने, “हाम्रो माइग्रेसनको प्रोब्लम र कपल सेप्रेसनको प्रोब्लम छ। त्यसलाई हामीले पोलिसीमा रि-थिंक गर्नुपर्छ। अब पोलिसीलाई रि-अर्गनाइज, रि-एनालाइज गर्दै ‘पोलिसी डिपार्चर’ गर्न जरुरी छ।”

उनले विगत २५–२६ वर्षमा युवाशक्ति प्रयोग गर्न नसेकेको उल्लेख गर्दै अबको पुस्ता अध्ययनशील र सीपयुक्त भएकाले त्यसमा तत्काल लगानी गर्नुपर्ने आवश्यकता औंल्याए।

उनको जोड थियो— “काम गर्ने जनशक्ति नै हाम्रो ठूलो अवसर हो, अबको लगानी त्यसैमा केन्द्रीत गरौं।”

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया