NIMB Header 2
Nepal Life

कोरला नाकामा आधारभूत संरचना अभाव, नेपाल–चीन सम्वादमा समाधान खोज्ने प्रतिबद्धता

National Life
  • BFIS News
  • 2025 Jun 18 19:57
कोरला नाकामा आधारभूत संरचना अभाव, नेपाल–चीन सम्वादमा समाधान खोज्ने प्रतिबद्धता
Sanima Reliance

काठमाडौं । नेपाल र चीनबीचको व्यापार सहजीकरण र सीमा व्यवस्थापनका विषयमा छलफल गर्न ल्हासास्थित नेपाली महावाणिज्यदूतावासले हालै मुस्ताङका लोमान्थाङ र जोमसोममा दुई महत्वपूर्ण अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

Shikhar
NIMB

लोमान्थाङमा सम्पन्न कार्यक्रममा लोघेकर–दमोदरकुण्ड गाउँपालिकाका अध्यक्ष राजु बिष्ट र लोमान्थाङ गाउँपालिकाका अध्यक्ष ताशी नुरबु सहित स्थानीय जनप्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो। यस्तै, जोमसोममा भएको छलफलमा मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद भुसाल, निर्वाचित प्रतिनिधिहरू, सामाजिक कार्यकर्ता र सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो।

दुवै कार्यक्रममा कोरला नाकामा नेपाल पक्षले निर्माण गरेको चार कोठे संरचनामा आधारभूत पूर्वाधार—पानी, विद्युत् र कर्मचारीको अभाव प्रमुख समस्या रहेको भन्दै चिन्ता व्यक्त गरियो। चीन पक्षको आधुनिक संरचनासँग तुलना गर्दा नेपाली पक्षको पूर्वाधार निकै कमजोर रहेको सहभागीहरूको भनाइ थियो।

सहभागीहरूद्वारा कोरला नाकामा आप्रवासन, भन्सार, क्वारेन्टिन लगायतका नियामक सेवाहरू सञ्चालन गर्नका लागि समन्वित सुविधा केन्द्रको तत्काल आवश्यकता रहेको सुझाव दिइयो। यो विशेषगरी विदेशी नागरिकहरूको नियन्त्रणात्मक प्रवेश हुने माथिल्लो मुस्ताङ क्षेत्रमा प्रभावकारी व्यवस्थापन गर्न अत्यन्त जरुरी मानिएको छ। हाल माथिल्लो मुस्ताङ प्रवेशका लागि प्रतिव्यक्ति न्यूनतम ५०० अमेरिकी डलर शुल्क लाग्ने प्रावधान छ।

महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले दुवै कार्यक्रममा सहभागीहरूलाई उनीहरूको सरोकारका विषयहरू उच्च तहमा पु-याउने र पूर्वाधार तथा नीतिगत खाडल हटाउन आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए।

यसै क्रममा महावाणिज्यदूत निरौलाले चीनको तिब्बतको ड्रोंगपास्थित भन्सार, आप्रवासन तथा पोर्ट व्यवस्थापन कार्यालयका वरिष्ठ अधिकारीहरूसँग छुट्टै छलफलसमेत गरेका थिए। उक्त द्विपक्षीय छलफलमा दुवै पक्षले कोरला नाकालाई प्रभावकारी रूपमा सञ्चालन गर्ने, सीमा व्यापारलाई प्रवर्द्धन गर्ने र क्षेत्रीय सहकार्यलाई सुदृढ बनाउने प्रतिबद्धता पुनः दोहोर्याएका छन्।


मुख्य बुँदाहरू:

  • कोरला नाकामा आधारभूत पूर्वाधार (पानी, बिजुली, कर्मचारी) को अभाव।

  • चीनतर्फको नाका पूर्वाधारमा उन्नत, नेपालतर्फ अव्यवस्थित।

  • आप्रवासन, भन्सार र क्वारेन्टिन जस्ता सेवाहरूका लागि समन्वित सुविधा आवश्यक।

  • माथिल्लो मुस्ताङमा विदेशी पर्यटक प्रवेशका लागि USD 500 शुल्क।

  • महावाणिज्यदूत निरौलाद्वारा चिनियाँ अधिकारीहरूसँग द्विपक्षीय छलफल।

  • नाकाको प्रभावकारी सञ्चालन र व्यापार प्रवर्द्धनमा दुवै देशको प्रतिबद्धता।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार