Nepal Life

सिटिजन्स क्यापिटल असार १३ गतेदेखि 'सिटिजन्स सदाबहार योजना' सार्वजनिक निष्काशनमा ल्याउँदै

NMB Bank
  • BFIS News
  • 2025 Jun 19 09:45
सिटिजन्स क्यापिटल असार १३ गतेदेखि 'सिटिजन्स सदाबहार योजना' सार्वजनिक निष्काशनमा ल्याउँदै
National Life

काठमाडौं, असार ५ – सिटिजन्स क्यापिटल लिमिटेडले सामूहिक लगानी कोष अन्तर्गतको "सिटिजन्स सदाबहार योजना" को इकाइ असार १३ गतेदेखि सार्वजनिक निष्काशनमा ल्याउने भएको छ।

Shikhar
NIMB

यो योजना सिटिजन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने खुलामुखी प्रकृतिको योजना हो, जसको कुल आकार ५० करोड रुपैयाँ बराबरको ५ करोड इकाई रहनेछ। प्रत्येक इकाइको अंकित मूल्य १० रुपैयाँ तोकिएको छ।

निष्काशन अन्तर्गत न्यूनतम ७५ लाख इकाई वा कुल बिक्री भएको इकाइको न्यूनतम १५ प्रतिशत कोष प्रवद्र्धक सिटिजन्स बैंक इन्टरनेशनलले सुरक्षित राख्नेछ। बाँकी न्यूनतम ४ करोड २५ लाख इकाई सर्वसाधारणका लागि प्रथम चरणमा निष्काशन गरिनेछ।

योजनाको इकाइमा असार १७ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिमा सबै इकाई नबिकेमा आवेदन म्याद असार २७ गतेसम्म लम्ब्याइने क्यापिटलले जानकारी दिएको छ।

सिटिजन्स क्यापिटल लिमिटेड नै योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक रहेको छ। लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरूको तोकिएका शाखाबाट वा ‘मेरो शेयर’ अनलाइन प्लेटफर्ममार्फत सि–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।

यस योजनाका लागि इक्रा नेपालले कोष प्रवद्र्धकलाई "ICRANP-IR BBB+" र योजना व्यवस्थापकलाई "ICRANP-AMC Quality 3" रेटिङ प्रदान गरेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया