युनाइटेड अजोडको १० प्रतिशत बोनस शेयर घोषणा, चुक्ता पूँजी २ अर्ब ३१ करोड पुग्ने
- BFIS News
- 2025 Jun Thu 11:49

काठमाडौं, असार ५ गते। युनाइटेड अजोड इन्स्योरेन्सले आर्थिक वर्ष २०८०/८१ का लागि कुल १०.५२६३% लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
कम्पनीको सञ्चालक समितिको ६१औँ बैठकले सो लाभांश वितरणको निर्णय गरेको हो। उक्त लाभांश अन्तर्गत १०% बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३% नगद लाभांश प्रस्ताव गरिएको छ। हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब १० करोड रुपैयाँ रहेको छ।
प्रस्तावित बोनस शेयर वितरण पश्चात चुक्ता पूँजी २ अर्ब ३१ करोड पुग्नेछ। उक्त लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति र कम्पनीको आउँदो वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र वितरण गरिनेछ। युनाइटेड अजोद इन्स्योरेन्सको सेयर मूल्य हाल रु ५७०.८६ मा बन्द भएको छ।
प्रतिक्रिया