NIMB Header 2
Nepal Life

कसरी बढाउने आत्मविश्वास? यस्ता छन् ९ उपाय

Muktinath Bank
  • BFIS News
  • 2023 Sep 18 21:56
कसरी बढाउने आत्मविश्वास? यस्ता छन् ९ उपाय
National Life

काठमाडौं । आत्मविश्वासको स्तरले मानिसलाई आफ्नो व्यक्तिगत र व्यावसायिक जीवनमा थप सफल हुन मद्दत गर्छ। केही अनुसन्धानहरूले आत्मविश्वासी व्यक्तिहरूले बढी सफलता हासिल गरेको समेत देखाएका छन्। आत्मविश्वासको स्तरले एउटा मानिस अर्कोसँग कसरी प्रस्तुत हुन्छ भन्ने कुरामा समेत धेरै फरक पार्छ। त्यसकारण आत्मविश्वास मानिसको क्षमता, गुण र निर्णयमा हुने विश्वास हो। आज हामी आत्मविश्वास कसरी बढाउने भन्ने विषयमा चर्चा गर्नेछौँ।

Shikhar
NIMB

१. आफूलाई अरूसँग तुलना गर्न छाड्ने
सामान्यतया आफूलाई अर्को मानिससँग तुलना गर्नु प्राकृतिक कुरा हो तर यसले हाम्रो आत्मविश्वासमा भने असर गरिरहेको हुन्छ। आफूलाई अर्को मानिससँग तुलना गर्नु या साथीको कमाइसँग आफ्नो कमाई तुलना गर्नाले तपाईँको आत्मविश्वासको स्तर घटिरहेको हुन्छ। जब मानिसहरूले आफूलाई अरूसँग तुलना गर्छन् उनीहरूले ईर्ष्या अनुभव गर्छन्। २०१८ मा प्रकाशित 'व्यक्तित्व र व्यक्तिगत भिन्नता' नामको अध्ययनले ईर्ष्या र हामीले आफ्नो बारेमा महसुस गर्ने तरिका बिचको प्रत्यक्ष सम्बन्ध फेला पारेको छ। मानिसहरूले जति धेरै ईर्ष्या महसुस गर्छन् त्यति नै आफ्नो बारेमा खराब महसुस गर्छन्।

यदि तपाईँ आफूलाई कसैसँग तुलना गर्दै हुनुहुन्छ भने आजैबाट त्यो बानी छाड्नुहोस्। यदि तपाईँलाई अरू कसैको जीवन देखेर ईर्ष्या महसुस हुन्छ भने उक्त समयमा आफूले जीवनमा प्राप्त गरेका सफलता या आफूले जीवनमा गरेका कोसिसहरू सम्झिनुहोस्।

२. सकारात्मक व्यक्तिहरूको सङ्गत गर्नुहोस्
आफ्नो वरपरको साथी सर्कललाई सम्झिनुस् त, उनीहरूले तपाईँलाई कस्तो महसुस गराउँछन्? तिनीहरूले तपाईँलाई प्रोत्साहन गरिरहेका छन् या झन् निराश बनाइरहेका छन्? के उनीहरूले तपाई जे हुनुहुन्छ त्यस्तै स्वीकार गरिरहेका छन् त?

तपाईँले धेरै समय बिताउने मानिसहरूले तपाईँको विचार र मनोवृत्तिलाई प्रभाव पार्न सक्छ। त्यसकारण, अरूले तपाईँलाई कस्तो महसुस गराउँछन् भन्ने कुरामा ध्यान दिनुहोस्। यदि तपाईँ कोही व्यक्तिसँग भेट्दा या गफ गर्दा सकारात्मक महसुस गर्नु हुन्न भने त्यस्ता मान्छेलाई भेट्न छाड्नु होस्।
यद्यपि, तपाईँलाई माया गर्ने र तपाईँको लागि राम्रो सोच्ने मानिसहरूसँग सङ्गत गर्नुहोस्। सकारात्मक र तपाईँको आत्मविश्वास बढाउन मद्दत गर्ने मानिसहरूको सङ्गत फाइदाजनक हुन्छ।

३. आफ्नो शरीरको ख्याल गर्नुहोस्
यदि तपाईँ आफ्नो शरीरको ख्याल गर्नुहुन्न भने तपाईँको आत्मविश्वास कम हुन्छ। जब तपाई आफूलाई माया गर्न थाल्नु हुन्छ तब तपाईँको दिमाग र शरीरलाई त्यसको सकारात्मक प्रभाव पर्छ। स्वस्थ र पोषणयुक्त खाना खाने, कसरत गर्ने, योग गर्ने र पर्याप्त मात्रामा सुत्नाले तपाईँको शारीरिक र मानसिक दुवै स्वास्थ्य राम्रो हुन्छ। जसको कारण आत्मविश्वास बढ्न मदत पुग्छ।

४. आफूप्रति नम्र हुनुहोस्
आफैँप्रति नम्र हुन सिकियो भने त्यसले तपाईँलाई भावनात्मक रूपमा थप लचिलो बन्न सहयोग पुग्छ। जसकारण तपाईँलाई चुनौतीपूर्ण भावनाहरू राम्रोसँग सामना गर्न मदत गर्छ। जसकारण तपाईँ आफैँलाई थप विश्वास गर्न थाल्नुहुनेछ।

५. आफैँसँग गफ गर्ने बानी विकास गर्नुहोस्
नकारात्मक आत्मा वार्ताले मानिसको क्षमतालाई सीमित गराउन सक्छ। सकारात्मक आत्म–वार्ताले स्वस्थ दृष्टिकोण विकाश गर्न मद्दत गर्न सक्छ। आफैँसँगको कुराकानीले तपाईँलाई आफ्ना भावनाहरू व्यवस्थापन गर्न र सकारात्मक कदम चाल्न मद्दत गर्न सक्छ। जसको कारण तपाईँमा आत्मविश्वास बढ्न मदत गर्छ।

६. डरको सामना गर्नुहोस्
आत्मविश्वास बढाउने प्रमुख र महत्त्वपूर्ण पक्ष डरहरूको सामना गर्नु हो। प्राय: डरहरू आत्मविश्वास नहुनाले नै सिर्जना हुने गर्छन्। आफूले गरिरहेको काममा डर नमानी त्यसलाई प्रयासको रूपमा लिनुहोस्। कुनै काम गर्दा गल्ती नै भए पनि गल्तीहरू बाट सिक्न सकिन्छ। त्यसकारण आत्मविश्वास बढाउन सबैभन्दा पहिले डरको सामना गर्नुहोस्।

७. आफूलाई मनपर्ने चिज गर्नुहोस्
आफूलाई मन पर्ने काम गर्नाले आफूलाई विश्वास गर्न थालिन्छ। आफूलाई के चिज गर्दा सन्तुष्टि मिल्छ भन्ने कुरा पत्ता लगाउन सकियो भने त्यसले तपाईँको आत्मविश्वास बढाउन सहयोग गर्छ। जस्तो, तपाईँलाई चित्र बनाउन मन पर्छ या रुचि छ भने चित्र बनाउनुहोस्। यदि चित्रकलामा चासो छैन भने रङ्गिन पुस्तकमा रङ लगाउन पनि सक्नुहुन्छ। अनुसन्धानले के देखाउँछ भने, रङले ध्यानमा प्रभाव पार्न सक्छ। एउटा अध्ययनले जटिल ज्यामितीय ढाँचामा रङ लगाउने मानिसमा चिन्ताको स्तर घटेको पत्ता लगाएको छ, यसले तनाव कम गर्नको लागि पनि सहयोग गर्छ। जसको कारण तपाईँको आत्मविश्वासलाई बढाउन मदत गर्न सक्छ।

८. 'नाइँ' भन्न सिक्नुहोस्
आफूलाई असहज लाग्ने कामहरू गर्न छाड्नुहोस्। आफूलाई मन नलागी नलागी काम गर्दा त्यसले तनाव बढाउँछ र आत्मविश्वासको स्तरलाई भने घटाउँछ। तपाईँको आत्मविश्वास घटाउने खालका गतिविधिहरूलाई अस्वीकार गर्नु ठिक हुन्छ। सामाजिक र भावनात्मक सीमाहरू सेट गर्नाले तपाईँलाई मनोवैज्ञानिक रूपमा सुरक्षित महसुस गर्न सक्षम बनाउँछ। यसले तपाईँलाई नियन्त्रणमा थप महसुस गर्न पनि मद्दत गर्न सक्छ।

९. आफ्नो लक्ष र योजनाहरू सेट गर्नुहोस्
कहिलेकाहीँ योजनाबिना काम गर्दा हाम्रो जीवनमा निराशा थपिन सक्छ। जसले हाम्रो आत्मविश्वास घट्न सघाउ पुर्यादउँछ। योजनाहरू बनाउँदा यथार्थपरक र आफूले सक्ने मात्रै बनाउनु पर्छ। आफ्नो लक्ष सेट गर्नाले लक्ष प्राप्ति गर्न आत्मविश्वास बढ्छ।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया