Nepal Life

संविधान दिवसको अवसरमा राष्ट्र बैंक कर्मचारी संघले अन्तर बैंक फुटसल प्रतियोगिता आयोजना गर्दै

Global Ime detail Page
  • BFIS News
  • 2023 Sep Tue 14:12
संविधान दिवसको अवसरमा राष्ट्र बैंक कर्मचारी संघले अन्तर बैंक फुटसल प्रतियोगिता आयोजना गर्दै
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंक कर्मचारी संघ बालुवाटार समितिको आयोजनामा अन्तरबैंक फुटसल टुर्नामेण्ट २०८० हुने भएको छ । संविधान दिवस २०८० को अवसरमा आयोजित टुर्नामेन्ट असोज ३ गतेदेखि ६ गतेसम्म सञ्चालन हुनेछ । बाठमाडौंको धनयन्तरी फुटसल हव हाडीगाँउमा आयोजना हुने टुर्नामेन्टमा बैंक तथा वित्तीय संस्थाका ३७ पुरुष टिम र २० महिला टिम सहभागी हुनेछन् ।

NIMB

सबल संस्थाको लागि स्वस्थ कर्मचारी, स्वस्थ कर्मचारीका लागि खेलकुद भन्ने मूल नाराका साथ आयोजना हुने टुर्नामेण्टको मुख्य प्रयोजन राष्ट्रिय बाणिज्य बैंकले गरेको छ भने सह प्रायोजन क्रमशः माछापुच्छ्रे बैंक, लक्ष्मी सनराइज बैंक, ग्लोबल आइएमई बैंक, एनआइसी एशिया बैंक, नविल बैंक, प्रभु बैंक, हिमालयन बैंक, मुक्तिनाथ विकास बैंक र आइसिएफसी फाइनान्सले गरेका छन् ।

उक्त टुर्नामेण्टको लागि ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लीले मेडिकल सपोर्ट उपलब्ध गराउने भएको छ । टुर्नामेण्टको कर्वार्टर फाइनलदेखिका खेलहरु गोल नेपाल डटकमबाट प्रत्यक्ष प्रसारण गरिनेछ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया