Nepal Life

लगानीकर्ताको मनोबल बढाउने प्रयासमा अर्थमन्त्री, सर्वपक्षीय छलफल पछि शेयर बजारमा सुधार

Global Ime detail Page
  • BFIS News
  • 2023 Sep Tue 15:06
लगानीकर्ताको मनोबल बढाउने प्रयासमा अर्थमन्त्री, सर्वपक्षीय छलफल पछि शेयर बजारमा सुधार
Sanima Reliance

काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले लगानीकर्ताको मनोबल बढाउने प्रयास सँगै मंगलबार शेयर बजारमा सुधारको संकेत देखिएको छ । अर्थमन्त्री महतले शेयर बजारको विषयमा गभर्नर महाप्रसाद अधिकारी, धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल र नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्की सँग संयुक्त रुपमा छलफल गरेका छन् ।

NIMB

आजको छलफलमा नेपाल राष्ट्र बैंकले शेयरधितो कर्जामा लगाउदै आएको १२ करोडको सिमालाई हटाउने विषयमा थियो । यस्तै शेयर बजार लगातार घट्न थाले पछि सरकारकै चौतर्फी विरोध हुँदै आएको छ । बजारमा तरलताको अभाव छ । यो समय शेयर बजार बढ्ने सिजन हो । तर बजार उल्टै घटिरहेको छ ।

अर्थमन्त्री महतको छलफलले आज शेयर बजारमा १६.२६ अंकले सुधार देखिएको छ । सूचकमा सुधार सँगै कारोबार रकम पनि एक अर्ब १७ करोडको भएको छ ।

१८२ वटा कम्पनीकोको शेयर मूल्यमा सुधार हुँदा ३६ वटाको भने घटेको छ । ७ वटा कम्पनीको शेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ । होटल तथा टुरिजम र व्यापारको सूचक बाहेक सबै सूचकमा सुधार देखिएको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया