NIMB Header 2
Nepal Life

अभियन्ता ई: काठमाडौं महानगरअगाडि ७७ घन्टासम्म उभिने

Muktinath Bank
  • BFIS News
  • 2023 Sep 19 16:38
अभियन्ता ई: काठमाडौं महानगरअगाडि ७७ घन्टासम्म उभिने
National Life

काठमाडौै । फुटपाथ व्यापारीलाई वैकल्पिक व्यवस्थापन गर्नुपर्ने माग गर्दै सामाजिक अभियन्ता ई: ले आन्दोलन थालेका छन्।उनी काठमाडौं महानगरपालिकाको कार्यालयअघि ७७ घन्टासम्म उभिने भएका छन्।  

NIMB

मंगलबार दिउँसो १ बजेदेखि उनी राष्ट्रिय सभा गृहअगाडि उभिएका छन्।  ई:ले शुक्रबार साँझ ६ सम्म महानगरपालिका अगाडि यसरी नै उभिने बताएका छन्।

काठमाडौं महानगरका मेयर बालेन शाहले स्थानीय तहको चुनावअघि फुटपाथ व्यवसायीको उचित व्यवस्थापन गर्ने भनेर गरेको वाचा पूरा गर्नुपर्नेलगायत माग ई:ले राखेका छन्।  उनीसँगै अन्य केही युवाहरू पनि महानगरअघि उभिएका छन्।
काठमाडौं महानगरले फुटपाथ व्यवसायीहरूलाई विकल्प नदिई हटाएको भन्दै पछिल्लो समय प्रदर्शन हुँदै आएका छन्।

महानगर प्रहरीले फुटपाथ व्यवसायीमाथि दुर्व्यवहार गरेका भिडिओहरू समेत सामाजिक सञ्जालमा आउने गरेका छन्। महानगर प्रहरीले फुटपाथ व्यवसायीमाथि गरेको दुर्व्यवहार अन्त्य गर्न पनि ई: ले माग गरेका छन्।

ई: कोभिड-१९को महामारी बेलामा चर्चामा आएका थिए। त्यतिबेला उनले इनफ इज इनफ आन्दोलनको नेतृत्व गरेका थिए।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया