Nepal Life

घरजग्गा कारोबारमा मन्दी थप चुलियो, कित्ताकाट खुलाउदा पनि आउन सकेन उत्साह

Global Ime detail Page
  • BFIS News
  • 2023 Sep Tue 17:04
घरजग्गा कारोबारमा मन्दी थप चुलियो, कित्ताकाट खुलाउदा पनि आउन सकेन उत्साह
Sanima Reliance

काठमाडौं । सरकारले कित्ताकाट खुलाउने निर्णय गरे पनि घरजग्गाको कारोबारमा भने अझै उत्साह आउन सकेको छैन । कित्ताकाट बन्द गर्दा अर्थतन्त्रमै ठुलो असर पुर्याएको भन्दै सरकारले खुला गर्ने निर्णय गर्दा पनि पछिल्लो एक महिनामा घर जग्गा कारोबार भने ९.११ प्रतिशतले घटेको छ ।

NIMB

भूमि व्यवस्थापन तथा अभिलेख विभागले उपलब्ध गराएको चालु आर्थिक वर्ष २०८०/८१ को भदौ महिनामा ३५ हजार ६८६ वटा मात्रै कारोबार भएको छ । जवकी गत साउन महिनामा ३९ हजार २६३ वटा घर जग्गा किनबेच भएको थियो । विभागको तथ्याङ्क अनुसार भदौमा २ हजार ८४३ वटा घर जग्गा नामसारी, ९ हजार ३८५ वटा संशोधन, ३५ हजार ४३६ रोक्का र २४ हजार १४ वटा फुकुवा भएको छ ।

विशेषगरि कित्ताकाट, बैङ्क तथा वित्तीय संस्थाहरूको तरलता अभाव र ब्याज वृद्धि लगायतले नै घर जग्गा कारोबारले गति लिन नसकेको हो । पछिल्लो समय बैंकिङ्ग प्रणालीमा लगानीयोग्य रकम बढी रहेको छ । तर, कर्जाको माग बढ्न सकेको छैन । खरिद बिक्रीकर्ताहरुले घरजग्गामा लगानी गर्न डराइरहेको अवस्था छ । उनीहरूले बैङ्कबाट ऋण लिएर घर जग्गामा सहज रूपमा लगानी गर्न नसकिरहेको देखिन्छ । यसले बैङ्क तथा वित्तीय कम्पनीहरूबाट कुनै पनि क्षेत्र प्रवाह हुने कर्जाले गति लिन नसकेको अवस्था छ ।

यद्यपि, सहज रूपमा कित्ताकाट हुन नसक्दा नै घर जग्गा कारोबारले गति लिन नसकेको व्यवसायीहरू बताउँछन् । सरकारले भू–उपयोगसम्बन्धी पहिलो संशोधन नियमावली–२०७९ लाई स्वीकृत गर्दै कित्ताकाट खुला गरेको थियो । तर, सो निर्णय सहज रूपमा कार्यान्वयन हुन् नसक्दा सकिरहेको छैन, त्यसले गर्दा कारोबार बढ्न सकिरहेको छैन ।

कारोबार घट्दा पनि बढ्यो राजश्व

घर जग्गा कारोबार घटे पनि साउनको तुलना राजश्व सङ्कलन भने बढेको छ । भदौमा देशभरका मालपोत कार्यालयबाट ३ अर्ब बढी राजश्व उठेको हो । विभागका अनुसार भदौमा ३ अर्ब ४ करोड ५९ लाख ४६ हजार रुपैयाँ राजश्व सङ्कलन भएको छ । तर, अघिल्लो महिना अर्थात् साउनमा भने २ अर्ब ९१ करोड ४ लाख रुपैयाँ बढी राजश्व मात्रै उठेको थियो । खासगरि मुख्य ठुला सहरहरूमा घर जग्गा किनबेच हुँदा राजश्व बढ्न पुगेको हो ।

भदौमा सेवा कर मार्फत २५ करोड ५५ लाख ५२ हजार, रजिष्टेशन दस्तुर १ अर्ब ९९ करोड २७ लाख ४४ हजार रुपैयाँ र बागमती तर्फ १ हजार २०० रुपैयाँ उठेको छ । भदौमा ३२ करोड ३५ लाख ४५ हजार रुपैयाँ बराबरको छुट दिइएको विभागले जनाएको छ।

भदौमा काठमाडौं उपत्यकाबाट नै धेरै राजश्व उठेको छ । मालपोत कार्यालय लगनखेलबाट ३३ करोड ९१ लाख ६८ हजार, भक्तपुरबाट २४ करोड १८ लाख ६४ हजार, चाबहिलबाट २० करोड ५० लाख ९ हजार, कलङ्कीबाट १९ करोड १४ लाख ३८ हजार रुपैयाँ राजश्व उठेको हो ।

मालपोत कार्यालय लगनखेलबाट ८४० वटा घर जग्गा, कलङ्कीबाट ५९४, चाबहिलबाट ४०७ वटा, साँघुबाट ३६७, मनमैजूबाट २७३ , डिल्लीबजारबाट १७४ र टोखाबाट १३५ वटा घर जग्गा कारोबार भएको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया