Nepal Life

भन्सार नियमावली संशोधन, एक्जिम कोडका लागि राखिएको तीन लाखको जमानत फुकुवा हुने

NMB Bank
  • BFIS News
  • 2025 Jul 07 13:59
भन्सार नियमावली संशोधन, एक्जिम कोडका लागि राखिएको तीन लाखको जमानत फुकुवा हुने
United Ajod

काठमाडौं, असार २४।  सरकारले भन्सार नियमावलीलाई सोह्रौं संशोधन गर्दै निकासी–पैठारी संकेत नम्बर (EXIM Code) प्राप्त गर्नुपर्ने क्रममा भन्सार विभागको नाममा राखिँदै आएको तीन लाख रुपैयाँ बराबरको बैंक जमानत व्यवस्था हटाएको छ। अबसम्म जमानत राखेका पैठारीकर्ताको बैंक जमानत फुकुवा गरिने भएको छ।

Shikhar
Nepal Life
NIMB

भन्सार विभागले हालै वाणिज्य बैंकहरुलाई पत्र पठाउँदै विभिन्न आयातकर्ताले एक्जिम कोड लिनका लागि राखेको जमानत रकम फुकुवा गर्न निर्देशन दिएको छ। सोही निर्देशन कार्यान्वयनका लागि नेपाल राष्ट्र बैंकसँग समेत सहकार्य भइरहेको बताइएको छ।

यसअघि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमार्फत EXIM कोड लिँदा राख्नुपर्ने धरौटी हटाउने घोषणा गरेका थिए। सो निर्णयलाई मूर्तरूप दिन भन्सार नियमावली संशोधन गरिएको हो।

करिब १५ हजार EXIM कोड जारी

भन्सार विभागका अनुसार हालसम्म करिब १५ हजार व्यवसायीलाई EXIM कोड जारी भइसकेको छ। EXIM कोड अन्तर्राष्ट्रिय व्यापारमा आयात तथा निर्यातका लागि आवश्यक महत्वपूर्ण अनुमति पत्र हो। यसको प्रयोगले आयात–निर्यात कारोबार पहिचान र व्यवस्थापनमा सहजता ल्याउने विश्वास गरिन्छ।

नेपालका ३७ मुलुकसँग व्यापार नाफा

भन्सार विभागका तथ्यांकअनुसार चालु आर्थिक वर्षको ११ महिनासम्म (जेठ मसान्तसम्म) नेपालले १६१ मुलुकसँग वैदेशिक व्यापार गरेको छ। जसमध्ये ३७ मुलुकसँग व्यापार नाफाको अवस्थामा छ भने १२४ मुलुकसँग व्यापार घाटामा छ।

नेपालले अफगानिस्तानसँग सबैभन्दा बढी व्यापार नाफा गरेको देखिन्छ। चालु आर्थिक वर्षको ११ महिनामा नेपालले अफगानिस्तानबाट करिब ४ करोड २५ लाख रुपैयाँ बराबरको वस्तु आयात गरे पनि ७४ करोड १८ लाख रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ।

त्यस्तै, नेपालले डेनमार्क, रसिया, रोमानिया, लाओस, आइसल्यान्ड, न्यू क्यालेडोनिया, माल्दिभ्स, यमन, माल्टा, क्रोएसिया लगायतका मुलुकहरूसँग पनि नाफाको व्यापार गरेको देखिन्छ।

सरकारको पछिल्लो निर्णयले साना तथा नयाँ व्यवसायीहरूलाई वैदेशिक व्यापारमा सहभागिता जनाउन प्रोत्साहन पुग्ने विश्वास गरिएको छ। EXIM कोडका लागि जमानत हटाइएपछि प्रक्रियागत सहजता र लागतमा समेत कमी आउनेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया