Nepal Life

डिजिटल बैंकिङमा छलाङ मार्दै नेपाली बैंक, नगद रहित कारोबारमा अभ्यस्त बन्दै ग्राहकहरु

Global Ime detail Page
  • BFIS News
  • 2023 Sep Tue 17:24
डिजिटल बैंकिङमा छलाङ मार्दै नेपाली बैंक, नगद रहित कारोबारमा अभ्यस्त बन्दै ग्राहकहरु
Sanima Reliance

काठमाडौं । नेपाली बैंकहरुले डिजिटल बैंकिङमा छलाङ मारेका छन् । नगद जम्मा गर्न घण्टौ लाइन बस्ने परम्परा लगभग अन्त्य हुँदै गइरहेको छ । ठुला ठुला कारोबार बाहेक साना तिना रकम राख्न तथा झिक्नलागि कोही पनि बैंकमा पुग्दैनन् ।

NIMB

बैंकहरुले पनि यसका लागि ठुलो खर्च गरेका छन् । ग्राहकहरुलाई डिजिटल बैंकिङका लागि प्रोत्साहन गर्दै आइरहेका बैंकहरुले मोबाइल बैंकिङ मार्फत सम्पुर्ण भुक्तानी गर्न मिल्ने व्यवस्था मिलाएका छन् । आफ्नो खाता रहेको बैंकको मोबाइल बैंकिङ खोल्ने वित्तीकै सम्पुर्ण वित्तीय कारोबार गर्न सम्भव बनाइसकेका छन् । यसले गर्दा पछिल्लो समय डिजीटल भुक्तानी र कारोबार ह्वात्तै बढेको छ । विशेषगरि मोबाइल बैंकिङ्ग र क्यूआर कोड मार्फत हुने कारोबार बढेको हो ।

नगदरहित कारोबारका लागि उपयुक्त माध्यम मानिने मोबाइल बैंकिङ्ग र क्यूआर कोड पेमेन्ट व्यापाक रुपमा विस्तार भएको छ । एक महिनामै यी माध्यमबाट साढे २ खर्बको रुपैयाँ बराबरको भुक्तानी तथा कारोबार भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार कारोबारसंगै प्रयोगकर्ताको संख्या पनि उत्तिकै बढेका छन् ।

चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो महिना अर्थात् साउनमा मोबाइल बैंकिङ्ग र क्यूआर कोड मार्फत २ खर्ब ७२ अर्ब ९१ करोड १० लाख रुपैयाँ बढीको कारोबार भएको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा ६३.०५ प्रतिशतले बढी हो । गत वर्षको साउनमा भने १ खर्ब ६७ अर्ब ३७ करोड ८० लाख रुपैयाँ बढीको कारोबार मोबाइल बैंकिङ्ग र क्यूआर कोड मार्फत भएको थियो ।

पछिल्लो समय सानातिना किनमेललाई क्यूआर कोडमार्फत डिजिटल भुक्तानीको दायरामा ल्याउने विषयमा उल्लेख्य प्रगति भएको राष्ट्र बैंकले जनाएको छ। नेपालमा पछिल्लो समय विद्युतीय भुक्तानीमा बढ्दो आकर्षण छ । राष्ट्र बैंकका अनुसार डिजीटल कारोबार र भुक्तानी दुवै उल्लेख्य रुपमा अघि बढेको हो ।

डिजीटल कारोबारलाई राष्ट्र बैंकले पनि बढवा दिँदै आएको छ । नेपालमा कोरोना महामारीपछि नै मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग र क्यूआर कोड पेमेमेन्ट तर्फ प्रयोगकर्ताहरुको आकर्षण बढेको राष्ट्र बैंकले जनाएको छ । मोबाइल बैंकिङ्ग मार्फत एकबाट अर्को बैङ्क खातामा रकम जम्मा गर्ने, पानी/बिजुली/इन्टरनेटको बिल भुक्तानी गर्ने, रिचार्ज गर्न सजिलै सकिन्छ । यसका साथै हवाई टिकट काट्ने, बीमाशुल्क भुक्तानी, क्युआर कोडमार्फत पनि भुक्तानी गर्ने लगायत थुप्रै सुविधा हुन्छन् ।

विशेषगरि मोबाइल बैंकिङ्ग र क्यूआर कोडमा सर्वसाधारणको बढी आर्कषण देखिन्छ । साउनमा मोबाइल बैंकिङ्ग मार्फत २ खर्ब ४२ अर्ब ९१ करोड ५० लाख रुपैयाँ बढीको कारोबार भएको छ । सो अवधिसम्ममा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुको संख्या २ करोड १६ लाख ९१ हजार ४७४ पुगेको छ । गत वर्षको साउनसम्म भने मोबाइल बैंकिङ्गको प्रयोगकर्ता १ करोड ८६ लाख ४३ हजार ८३४ मात्रै थिए ।

यता, साउनमा मात्रै क्यूआर कोड मार्फत २९ अर्ब ९९ करोड ६० लाख बढीको भुक्तानी भएको छ । सो महिनामा १ करोड १२ लाख ५७ हजार ३८८ पटक क्यूआर कोड मार्फत भुक्तानी भएका हो । गत वर्षको साउनमा भने १४ अर्ब ८१ करोड रुपैयाँ बराबरको मात्रै भएको थियो । साउनमा वालेट मार्फत २१ अर्ब ९१ करोड, इन्टरनेट बैंकिङ्ग मार्फत १४ अर्ब ६४ करोड र कनेक्ट आइपीएस मार्फत ३ खर्ब ७७ अर्ब ४६ करोड रुपैयाँ बराबरको भुक्तानी भएको छ ।

प्रविधिको विकाससँगै सरकारले कागजी नोटको प्रयोग घटाउँदै डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्ने नीति लिँदै आएको छ । राष्ट्र बैंकले समेत क्युआर पेमेन्टलाई प्राथमिकतामा राखी बैंक तथा वित्तीय संस्थासँग समन्वयमा ‘नगदरहित’ कारोबार अभियान नै चलाईरहेको छ । बैंकहरुले पनि डिजीटल भुक्तानीमा एकदमै जोड दिँदै आएका छन् । फलस्वरुप: यस तर्फ आम मानिसको चासो र आकर्षण वृद्धि भएको छ । यसले गर्दा नै विद्युतीय माध्यमबाट हुने कारोबार र प्रयोगकर्ताको संख्या बढ्दै गएको हो ।

राष्ट्र बैंकका अनुसार पछिल्लो समय नगदसहित आरजिटिएस, एटिएम र डिजिटल कारोबारका लागि कनेट आइपिएस, इ–कर्मश, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, वालेट, क्यूआर पेमेन्ट, पोन्ट अफ सेल्स (पिएसओ) का प्रयोगकर्ता बढेका छन् ।

डिजिटल कारोबार मार्फत एक बैंकबाट अर्को बैंकको खातामा रकम पठाउने, आफूलाई आवश्यक वस्तुहरुको किनमेल, टेलिफोन, विद्युत, खानेपानी लगायतको बिल भुक्तानी गर्ने, मोबाइल, टेलिफोन रिचार्ज गर्ने लगायतको काम गर्न सकिन्छ । त्यसैले पनि यसतर्फ मानिसहरुको आकर्षण दिनानुदिन बढ्दै गएको छ ।

डिजिटल कारोबारमा सहजतासँगै बढ्दो चुनौती

प्रविधिको विकाससँगै बैंकिङ प्रणालीमा समेत सहजता आउन थालेको छ । डिजिटल बैंकिङ इन्टरनेट आधारित बैंकिङ कारोबार प्रणाली हो ।

यसरी बैंकिङ कारोबार गर्ने ग्राहकको हिस्सा दिनप्रतिदिन बढ्दै गएको छ । कार्यालय समयमा पुग्नुै पर्ने र लामो लाइनमा बसेर कारोबार गर्नुपर्ने बाध्यताबाट समेत मुक्ति पाइने भएकाले मानिसहरु पछिल्लो समय डिजिटल बैंकिङ प्रणालीमा आकर्षित बन्दै गएका छन् । तर, डिजिटल बैंकिङ कारोबार जति सहज देखिन्छ त्यति नै चुनौतिपूर्ण पनि छ ।

साइबर सुरक्षा र प्रणालीमै ह्याकरहरुले सहजै पहुँच पुर्याएर ठूलो नोक्सानी गरिदिने भएकाले यसमा सचेतताको आवश्यकता समेत उत्तिकै टट्कारो छ ।

बैंकका ग्राहकहरूले स्मार्टफोन, ट्याब, ल्यापटप, डेस्कटप र एटीएम जस्ता डिजिटल उपकरणहरू मार्फत सजिलैसँग आफ्नो खाता र भुक्तानीमा पहुँच राख्न सक्छन् । डिजिटल बैंकिङमा डिजिटल वालेट, बैंक एप्स, कन्ट्याक्टलेस र नगद रहित भुक्तानीे हुने भएकाले यसको लोकप्रियता बढ्दो छ ।

डिजिटल बैंकिङ प्रणालीको प्रयोग र औचित्य कोभिड महामारीको अवधिमा झन् फस्टाएको देखिन्छ । कोरोना संक्रमणको डर र मानिस एकअर्काको सम्पर्कमा आउन नमिल्ने कारण पनि डिजिटल बैंकिङ प्रणालीका कारण ग्राहकले कारोबारमा सहजताका लागि यस्तो प्रणालीको प्रयोगलाई विश्वास गर्न थालेको देखिन्छ ।

वर्तमान समयमा प्रविधिको विकाससँगै त्यसका चुनौतीहरु पनि बढ्दै गइरहेका छन् । साइबर डकैती पनि त्यस्तै चुनौतीमध्येको एक हो । नेपालमा बैंक तथा वित्तिय क्षेत्रमा भएका विभिन्न साइबर सुरक्षासँग सम्बन्धित घटनाहरु समय समयमा बाहिरिने गरेका छन् ।

बैंक खातावालाको खाताबाट रकम गायव भएका घटना त कहिले एटिएम ह्याक गरेर रकम निकालिएका जस्ता विभिन्न घटनाहरु बाहिरिने गरेका छन् ।

त्यस्ता चुनौतिहरु अविकसित र विकासशील मुलुक मात्र नभई विकसित मुलुकका बैंक तथा वित्तीय संस्थामा पनि साइबर डकैतीका घटना सार्वजनिक हुँदै आएका छन् । नेपालको हकमा पछिल्लो समय साइबर सुरक्षाको विषयलाई लिएर बैंक तथा वित्त क्षेत्र तरंगित बन्न पुगेका छन् ।

लाखौं ग्राहकहरू र तिनीहरूको संवेदनशील डाटाको साथ, साइबर सुरक्षा आज वित्तीय क्षेत्रको सामना गर्ने सबैभन्दा महत्वपूर्ण मुद्दाहरू मध्ये एक हो । विभिन्न प्रकारका साइबर खतराहरूसँग लड्नको लागि, बैंक तथा वित्तीय संस्थाहरु सक्रिय रूपमा सतर्क रहन आवश्यक छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया