Nepal Life

सोनापुर मिनरलको वैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई निष्काशन गरिएको आइपिओ बाँडफाँड

Global Ime detail Page
  • BFIS News
  • 2023 Sep Tue 18:32
सोनापुर मिनरलको वैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई निष्काशन गरिएको आइपिओ बाँडफाँड
Sanima Reliance

काठमाडौं । सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडको वैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई निष्काशन गरिएको साधारण शेयरको बाँडफाँड सम्पन्न भएको छ ।

NIMB

 

कम्पनीले सर्वसाधारणलाई छुट्टयाईएको शेयर मध्ये १० प्रतिशतले हुन आउने १२ लाख १६ हजार ५६८ कित्ता साधारण शेयर प्रति शेयर एक सय रुपैयाँ अङ्कित दरमा प्रिमियम वापत १३७.५८ रुपैयाँ थप गरी २३७.५८ रुपैयाँको दरमा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि २०८० साउन २९ गतेदेखि  भदौ ११ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरिएको थियो । सो अवधिभित्र प्राप्त भएको आवेदनको छानविन गरी योग्य आवेदकहरुमा सो निष्काशित शेयरहरुको आज दिनकोे २ः१५ बजे निष्काशन तथा बिक्री प्रबन्धक‍ एनआइएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंमा बाँडफाँड गरिएको हो । 

कम्पनीले जारी पूँजी तीन अर्ब सात करोड पचास लाख पचास हजार मध्ये ३५% अर्थात एक अर्ब सात करोड बैसठ्ठी लाख सतसठ्ठी हजार पाँच सय रकम बराबरको १ करोड ०७लाख ६२ हजार ६७५ कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गर्न छुट्टयाईएको छ । यस मध्ये उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुलाई छुट्याईएको शेयर बाँडफाँड पश्चात् बाँकी रहेको १४ लाख ०३ हजार ००५ कित्ता शेयर सर्वसाधारणमा निष्काशन गरिने १ करोड ७ लाख ६२ हजार ६७५ कित्ता शेयरमा समायोजन गरी कुल १ करोड २१ लाख ६५ हजार ६८० कित्ता साधारण शेयरहरु सर्वसाधारणका लागि निष्काशन गरिने छ।

१६ लाख ९३ हजार ३५० कित्ता खरिदका लागि ३०,३६० जना आवेदकबाट आवेदन प्राप्त भएकोमा १२ जना आवेदकहरुबाट ४५० कित्ता रितपुर्वक नदेखिएकोले सो आवेदनहरुलाई अयोग्य ठहर्याइ रद्द गरी कूल ३०,३४८ जना आवेदकहरुबाट १६,९२,९०० कित्ताका लागि रितपूर्वक दरखास्त प्राप्त भएको थियो । धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ मा भएको व्यवस्था बमोजिम सर्वप्रथम रितपूर्वक आवेदन दिने न्युनतम १० देखि ४० कित्ता सम्म माग गर्ने १०,५९१ जना आवेदकहरुलाई माग बमोेजिमका २,४६,०६० कित्ता  प्राप्त गरेका छन् । त्यस्तै ५० देखि ३,००० कित्ता सम्म माग गर्ने १९,७५७ जना आवेदकहरुलाई ४० कित्ताका दरले ७,९०,२८० कित्ता गरी कुल १०,३६,३४० कित्ता बाँडफाँड गरिएको छ ।

सो बाँडफाँड पश्चात् बाँकी रहन गएको १,८०,२२८ कित्ताको हकमा ५० देखि ३,००० कित्ता सम्म माग गर्ने १९,७५७ जना आवेदकलाई पुनः १० कित्ताका दरले बाँडफाँड गर्न अपुग हुनेभएकाले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ मा भएको व्यवस्था बमोजिम ५० देखि ३,००० कित्ता सम्म मागगर्ने सम्पुर्ण आवेदकहरुलाई एउटै समूहमा राखी गोलाप्रथा विधि द्धारा थप १० कित्ताका दरले १८,०२२ जना सफल आवेदक छनोट गरी १,८०,२२० कित्ता बाँडफाँड गरियो । सो बाँडफाँड पश्चात् बाँकी रहन गएको ८ कित्ता शेयरको हकमा ६० देखि ३,००० कित्ता सम्म मागगर्ने ११,४१८ जना आवेदकहरु मध्ये १ जना आवेदकले ८ कित्ता पाउने गरी पुनः गोलाप्रथाको माध्यमबाट बाँडफाँड गरिएको छ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया