Nepal Life

नियम विपरित आफ्नै समुहका कम्पनीको रेटिङ गर्ने केयर रेटिङलाई ५० हजार जरिवाना

Global Ime detail Page
  • BFIS News
  • 2023 Sep Wed 13:25
नियम विपरित आफ्नै समुहका कम्पनीको रेटिङ गर्ने केयर रेटिङलाई ५० हजार जरिवाना
Sanima Reliance

काठमाडौं । स्वार्थ बाझिने गरि रेटिङ गरेको भन्दै नेपाल धितोपत्र बोर्डले केयर रेटिङ नेपाललाई कारबाही गरेको छ । केयर रेटिङ नेपालका लगानीकर्ताले आफ्नै लगानी रहेका कम्पनीको रेटिङ गरे पछि बोर्डले कारबाही गरेको हो ।

NIMB

बोर्डको संचालक समितिको बैठकले ५० हजार रूपैयाँ नगद जरिवाना गर्ने निर्णय गरेको हो । नियम विपरीत स्वार्थ बाझिने रेटिङ गरेको पुष्टि भएपछि बोर्डले कम्पनीलाई नगद जरिवाना गर्ने निर्णय गरेको हो । सुरुवाति दिनदेखिनै केयर रेटिङ विवादमा पर्दै आएको छ । बोर्डले यस अघि सो कम्पनीलाई स्पष्टिकरण सोधेको थियो । रेटिङ नियमावली २०६८ उल्लंघन गरि आफ्नो मुख्य सेयर धनी रहेको कम्पनीको रेटिङ गरेकोबारे कम्पनीले स्पष्टिकरण सोधेको थियो ।

क्रेडिट रेटिङको नियमावलीको नियम ३४ मा क्रेडिट रेटिङ संस्थाले आफ्नो वा आफ्नो संस्थापक सेयरधनी, मुख्य सेयरधनी वा आफ्नो मुख्य संस्था वा सहायक संस्थाहरुको क्रेडिट रेटिङ गर्नु हुँदैन भन्ने व्यवस्था छ । तर कम्पनीले सो व्यवस्था विपरित रेटिङ गरेको खुल्न आएको थियो । 

केयर रेटिङमा विशाल ग्रुपको लगानी रहेको छ । तर कम्पनीले विशाल ग्रुपकै लगानी रहेका कम्पनीहरुको रेटिङ गरेको पाईएको थियो ।  विशाल ग्रुपकै लगानी रहेको घोराही सिमेन्टको आईपीओको  रेटिङ पनि केयरले नै गरेको थियो । रेटिङ कै विषयलाई लिएर घोराही सिमेन्टको आईपीओ समेत केहि समय रोकिएको थियो । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया