NIMB Header 2
Nepal Life

नेपाल लाइफ इन्स्योरेन्सले १० अर्बभन्दा बढी प्रथम बीमा शुल्क संकलन गर्दै रच्यो ऐतिहासिक सफलता

Citizen Life
  • BFIS News
  • 2025 Jul 16 11:11
नेपाल लाइफ इन्स्योरेन्सले १० अर्बभन्दा बढी प्रथम बीमा शुल्क संकलन गर्दै रच्यो ऐतिहासिक सफलता
Muktinath Bank

काठमाडौं, असार ३१। नेपालको अग्रणी जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २५ वर्षे इतिहासमा पहिलो पटक १० अर्बभन्दा बढी प्रथम बीमा शुल्क संकलन गर्न सफल भएको छ। यो ऐतिहासिक उपलब्धिलाई कम्पनीले एउटा "कोसेढुङ्गा"को रुपमा लिएको छ।

NIMB

यस उपलब्धिको अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (CEO) प्रविण रमण पराजुलीले एक भिडियो सन्देशमार्फत शुभकामना र धन्यवाद व्यक्त गरेका छन्। आफ्नो सन्देशमा पराजुलीले कम्पनीको यस सफलताको श्रेय सबै सरोकारवालाहरूलाई दिएका छन्।

उनले भने: "नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २५ वर्षमा हासिल नगरेको उपलब्धि—१० अर्बभन्दा बढी प्रथम बीमा शुल्क संकलन गर्न सफल भएको छ। यस उपलब्धिमा मागर्दर्शन दिने सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरू, संस्थालाई माया गर्ने बीमित महानुभावहरू, अहोरात्र खटिने कर्मचारी साथीहरू, व्यवसाय विस्तारको अग्रपंक्तिमा क्रियाशील अभिकर्ता साथीहरू, नियामक निकाय बीमा प्राधिकरण, शेयरधनीज्यूहरू तथा अन्य सम्पूर्ण सरोकारवालाहरूको योगदानको म अत्यन्त आभारी छु।"

उनले विश्वास व्यक्त गर्दै थपे: "हामीले प्राप्त गरेको यो सफलता अबको दिनमा आधार रेखाको रुपमा हुनेछ। हामीले यो रेखालाई फेरि तोड्नेछौं र आगामी दिनहरूमा अझ ठूलो सफलता हासिल गर्नेछौं। कम्पनीले सबै सरोकारवालाको चासो र अपेक्षालाई ध्यानमा राख्दै थप शशक्त र दिगो रुपमा अगाडि बढ्नेछ।"

पराजुलीले भविष्यमा अझ प्रभावकारी ढंगले Stakeholder को भरोसा र विश्वास कायम राख्दै, कम्पनीलाई अझ मजबुत बनाउने दृढता व्यक्त गरेका छन्।

नेपाल लाइफ इन्स्योरेन्सले विगतका वर्षहरूमा जस्तै भविष्यमा पनि बीमितको हितलाई केन्द्रमा राखेर बीमा सेवा विस्तार गर्दै जाने र नेपाली बीमा बजारमा अग्रणी भूमिका निभाउने प्रतिबद्धता दोहोर्याएको छ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया