डिशहोम फाइवर नेटको नयाँ अफर: ‘कनेक्सनको दोब्बर उत्सव’

  • BFIS News
  • 2023 Sep Wed 15:01
डिशहोम फाइवर नेटको नयाँ अफर: ‘कनेक्सनको दोब्बर उत्सव’

काठमाडौं । डिशहोम फाइवर नेटले ‘कनेक्सनको दोब्बर उत्सव’ अफर सुरु गरेको छ । चाडवाडको मौसममा यस योजनामार्फत डिशहोम फाइवर नेटको नयाँ कनेक्सन लिने ग्राहकले एक दाममा डबल ब्यान्डविथ अथवा ५० एमबीपीएसको पैसा तिर्दा १०० एमबीपीएसको ब्यान्डविथ पाउनेछन् ।

अफरअन्तर्गत ग्राहकले शुलभ मूल्यमा डिशहोम फाइवर नेटको उच्च गति र उत्कृष्ट सेवाको अनुभव लिन पाउने कम्पनीको विश्वास छ ।

नेपालको सबैभन्दा छिटो, भरपर्दो र विश्वसनीय सेवा प्रदान गर्नका लागि सधै तत्पर रहेको कम्पनीले जनाएको छ ।

ग्राहकले बजेटअनुसारको इन्टरनेट र टिभी प्याकेज छानी-छानी लिन पाउने र अन्य सेवाप्रदायकको भन्दा छिटोछरितो र उत्कृष्ट सेवाका कारण डिशहोम फाइवर नेट लोकप्रिय इन्टरनेट सेवाप्रदायक बन्न सफल भएको कम्पनीको दाबी छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार