NIMB Header 2
Nepal Life

राप्ती हाइड्रो अवितरित हकप्रद शेयर लिलाममार्फत बिक्री गर्दै, साउन १३ देखि २० गतेसम्म आवेदन खुला

Citizen Life
  • BFIS News
  • 2025 Jul 21 10:29
राप्ती हाइड्रो अवितरित हकप्रद शेयर लिलाममार्फत बिक्री गर्दै, साउन १३ देखि २० गतेसम्म आवेदन खुला
Muktinath Bank

काठमाडौं, साउन ५ ।  राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेड (RHGCL) ले अवितरित हकप्रद शेयर लिलामी बिक्री गर्ने भएको छ।

NIMB

कम्पनीले १ बराबर १ अनुपातमा निष्काशन गरेको हकप्रद शेयरमा आवेदन नपरेको हिस्सा अब शिलबन्दी बोलपत्रमार्फत लिलामीमा ल्याउने तयारी गरेको हो।

कम्पनीले सर्वसाधारण समूहमा लकइनमा नरहेका ५ लाख ६४ हजार १० कित्तालकइनमा रहेका १ लाख ४० हजार १०१ कित्ता गरी कुल ७ लाख ४ हजार १११ कित्ता शेयर लिलामीमा बिक्री गर्न लागेको हो।

लिलामीका लागि लगानीकर्ताले साउन १३ गतेदेखि २० गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन्।

यस लिलामीमा भाग लिन चाहने लगानीकर्ताले प्रति कित्ता न्यूनतम १०० रुपैयाँ वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन दिनुपर्नेछ। न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ भने अधिकतम कित्ताको सीमा भने खुला छ।

यस शेयर लिलामीको निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले आवेदन दिनका लागि निम्न शाखाहरूबाट सेवा लिन सक्नेछन्:

  • मुक्तिनाथ क्यापिटल लिमिटेड

  • मुक्तिनाथ विकास बैंकका शाखाहरू: ठिमी (भक्तपुर), कुमारीपाटी (ललितपुर), बिर्तामोड, विराटनगर, वीरगन्ज, जनकपुर, हेटौँडा, नारायणगढ, चिप्लेढुङ्गा (पोखरा), बुटवल, बागलुङ, घोराही (दाङ), नेपालगन्ज, विरेन्द्रनगर, धनगढी र महेन्द्रनगर।

लिलामी प्रक्रियामा सहभागी हुन इच्छुक लगानीकर्ताहरूले समयमै आवेदन दिन कम्पनीले अनुरोध गरेको छ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया