नेपालको पहिलो पुनर्बीमा ब्रोकर फेडेरल रिईन्स्योरेन्सले आईपीओ निष्कासन गर्ने
- BFIS News
- 2023 Sep Thu 06:03
काठमाडौं । नेपाल बीमा प्राधिकरणबाट पुनर्बीमा ब्रोकर कम्पनीको रुपमा पहिलो लाइसेन्स पाएको फेडेरल रिईन्स्योरेन्स ब्रोकर कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।
कम्पनीले दोस्रो बार्षिक साधारण सभा बोलाएको छ । असोज २५ गतेका लागि बोलाएको सभामा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने प्रस्ताव लैजाने भएको छ ।
सभामा कम्पनी गाभ्ने-गाभिने, विदेशी साझेदार वा लगानीकर्ता भित्र्याउने, प्रबन्धपत्रमा उद्देश्य थप गर्ने तथा संशोधन गर्ने, साविकको विनियमावलीमा संशोधन तथा थप गर्ने, लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव रहेको छ ।
सभाले यी प्रस्ताव पारित गर्ने छ । सभाले प्रस्ताव पारित गरेपछि आईपीओ निष्कासनको प्रकृयामा जाने छ ।
प्रतिक्रिया