नेशनल लाइफका नारायण सुवेदीले एक वर्षमै गरे एक करोड ४५ लाखको बीमा व्यवसाय, कलन्की शाखा टप्न सफल

  • BFIS News
  • 2025 Jul Tue 21:27
नेशनल लाइफका नारायण सुवेदीले एक वर्षमै गरे एक करोड ४५ लाखको बीमा व्यवसाय, कलन्की शाखा टप्न सफल

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीका वरिष्ठ एजेन्सी म्यानेजर नारायण सुवेदीले आर्थिक वर्ष २०८१/८१ मा एक करोड ४५ लाख तीन हजार ६७७ रुपैयाँको जीवन बीमा व्यवसाय भित्र्याएका छन्। उनले एक वर्षको अवधिमा ११० वटा बीमा पोलिसी मार्फत उक्त बीमा शुल्क आर्जन गरेका हुन्। सुवेदी नेशनल लाइफको कलन्की शाखामा सबैभन्दा धेरै बीमा व्यवसाय भित्र्याउन सफल भएका हुन्।

सुवेदी सन् २०२६ का लागि MDRT (Million Dollar Round Table) क्वालिफायर्ड भइसकेका छन्। यो उनको लगातार दोस्रो सफलता हो। यसअघि उनले सन् २०२५ का लागि पनि एमडिआरटीको लक्ष्य पुरा गरेका थिए। उनि मात्रै होइन उनको श्रीमती पनि गएको वर्ष एमडिआरटी क्वालिफायर्ड भएकी थिइन्।

अहिलेसम्म उनले ३५० भन्दा धेरै व्यक्तिको बीमा गराइसकेका छन्। बीमा गरिएका पोलिसीमध्ये कुनै पनि सरेण्डर भएको छैन र अहिलेसम्म दाबी पनि परेको छैन, जुन बीमा क्षेत्रमा उनको विशिष्ट सफलता हो।

सुवेदीले आफ्नो प्रारम्भिक यात्रा समूहगत कार्यशैलीबाट थालेका थिए। तर सन् २०२४ देखि उनी सेल्फ बिजनेस मोडेलबाट व्यक्तिगत प्रयासमा लगातार दुई वर्ष MDRT क्वालिफायर्ड हुन सफल भएका छन्। सन् २०२६ मा COT (Court of the Table) प्राप्त गर्ने लक्ष्यसहित अघि बढिरहेका उनले आगामी वर्षहरुमा पनि MDRT को लक्ष्यलाई निरन्तरता कायम राख्ने दीर्घकालीन योजना बनाएका छन्।

वैदेशिक रोजगारीदेखि बीमा अभिकर्तासम्मको यात्रा

चितवन खैरेनी–३ स्थायी ठेगाना भएका सुवेदी सन् २०१० देखि २०१५ सम्म यूएईमा वैदेशिक रोजगारीमा कार्यरत थिए। त्यहाँ उनले कस्टमर सर्भिस क्षेत्रमा काम गर्दै ग्राहक सन्तुष्टि र सेवा अनुभवको गहिरो ज्ञान प्राप्त गरे। स्वदेश फर्किएपछि २०१५ देखि नै उनी नेशनल लाइफ इन्स्योरेन्समा आबद्ध भए। तर व्यवसायिक रूपमा भने उनले सन् २०२० देखि पूर्णकालिक रुपमा यही पेशा रोजेका हुन्।

बीमा अभिकर्ताको प्रेरणा उनलाई श्रीमतीबाट मिलेको हो। श्रीमितले नै अभिकर्ता बन्न प्रेरित गरिन्। एक दिन श्रीमति र शाखा प्रमुखले उनि आफैको बीमा गर्न अनुरोध गरे। यस क्रममा उनले अभिकर्ताको विषयमा राम्रो सँग बुझ्ने मौका पाए। यहि बुझाइ उनका लागि बरदान सावित भयो।

साना पोलिसीमा रुचि, बीमितको क्षमता मूल्याङ्कन प्राथमिकता

सुवेदी ठूला बीमालेख बिक्रीमा भन्दा पनि सानासाना पोलिसीमार्फत जनजनमा बीमाको पहुँच पुर्‍याउन उत्साहित छन्। उनले हालसम्म करिब ३०० जना भन्दा धेरैलाई बीमाको दायरामा ल्याएर सुरक्षा प्रदान गरिसकेका छन्।

उनको विशेषता भनेको मिस-सेलिङ नगर्नु हो। बीमा बिक्रीको क्रममा उनी हरेक ग्राहकलाई बीमाको प्रकार, कभरेज, बीमालेख  धितो कर्जा र दाबी प्रक्रियाकाबारे पूर्ण जानकारी गराएर मात्रै पोलिसी जारी गर्छन्। “मबाट कहिल्यै पनि मिस सेलिङ हुँदैन।” उनले दाबी गरे।

बीमितको आर्थिक क्षमता मूल्याङ्कन गरी बीमालेख तयार पार्ने उनको अभ्यासले दीर्घकालीन सम्बन्ध कायम गर्न सहयोग पुर्‍याएको छ। त्यसैले उनीसँग बीमा गर्नेहरूमध्ये धेरैले आफन्त, साथीभाइलाई पनि रेफर गर्ने गरेका छन्।

सामाजिक सञ्जालको प्रभावशाली प्रयोग

नेशनल लाइफको कलंकी शाखामा कार्यरत सुवेदीले देशका ६० भन्दा बढी जिल्लाका व्यक्तिहरूसँग प्रत्यक्ष तथा सामाजिक सञ्जालमार्फत सम्पर्क गरी बीमा सेवा प्रदान गरिसकेका छन्। सामाजिक सञ्जालबाट मात्रै करिब ५० प्रतिशत बीमा व्यवसाय गर्ने उनी, डिजिटल सञ्जाललाई बीमा अभिकर्ताको महत्वपूर्ण औजार ठान्छन्।

बीमा शिक्षामा पनि योगदान

उनी भन्छन्, बीमा भनेको सुरक्षा मात्र नभई चेतनाको विषय हो। त्यसैले उनी प्रत्येक घरमा बीमाको महत्त्व र सुरक्षित भविष्यबारे जानकारी दिन रुचाउँछन्। यही कार्य गर्दा उनलाई आत्मसन्तुष्टि मिल्ने बताउँछन्।

दीर्घकालीन सोच, सस्टेनेबल रणनीति

सुवेदी बीमाको सरेण्डर दर शून्यमा झार्न विशेष सजग छन्। बीमितले बीमाशुल्क भुक्तानी गर्न नसक्ने अवस्था आएमा, उनी सरेण्डर सल्लाह नदिई बीमालेख धितो कर्जा लिन सहजीकरण गर्छन्।

यस वर्ष एमडिआरटी बन्नका लागि सुवेदीले ५० भन्दा बढी पोलिसीहरू जारी गरेका छन्। टार्गेट पुरा गर्न ठूला बीमा भन्दा पनि बीमितको आवश्यकता र क्षमताअनुसार सानासाना पोलिसीमा फोकस गर्ने उनको रणनीतिले व्यवसायिक नैतिकता र दीर्घकालीन सोचलाई प्रष्ट पार्दछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया