Nepal Life

राष्ट्र बैंकले १२ करोडको सिमा हटाउने तयारी सँगै शेयर बजारमा उछाल

Global Ime detail Page
  • BFIS News
  • 2023 Sep Thu 11:53
राष्ट्र बैंकले १२ करोडको सिमा हटाउने तयारी सँगै शेयर बजारमा उछाल
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले शेयरधितो कर्जामा लगाउदै आएको १२ करोडको सिमा हटाउने तयारी सँगै दोस्रो बजारमा आउ सुरुवाति अवस्थामै उछाल आएको छ । कारोबार सुरु हुने वित्तीकै बढेको शेयर बजार १० मिनेटमै ४२ अंकले बढेको हो ।

NIMB

कारोबार खुल्ने वित्तीकै बढेको बजार १० मिनेटमै ४२ अंकले बढ्यो तर यो धेरै समय टिक्न सकेन । यस क्रममा २० अंकले मात्रै सुधार देखिएकोमा अहिले ३७ अंक भन्दा माथि रहेको छ ।

राष्ट्र बैंक शेयरधितो कर्जाको सिमा हटाउन तयार भएको समाचार बाहिरिए पनि राष्ट्र बैंकले आधिकारिक रुपमा यस विषयमा केहि पनि बोलेको छैन साथै निर्देशन पनि जारी गरेको छैन । तर अर्थमन्त्री डा. प्रकाशशरण महतले गभर्नर महाप्रसाद अधिकारीलाई १२ करोडको सिमा हटाउन निर्देशन दिदै आएका छन् । गएका दिनमा यस विषयमा निरन्तर छलफल भएकाले राष्ट्र बैंक सिमा हटाउन तयारी भएको समाचार बाहिरिएका हुन् ।

राष्ट्र बैंकले २ वर्ष अगाडी शेयरधितो कर्जामा लगाएको सिमाकै कारण बजारमा ठुलो गिरावट आयो । ३२ अंकबाट १८ सय अंकमा झर्यो । अहिले भने बजारमा सुधार हुने संकेत देखिएको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया