Nepal Life

सारथी लॉजिस्टिक्सको विराटनगर शाखाको भव्य उद्घाटन समारोह सम्पन्न

NMB Bank
  • BFIS News
  • 2025 Jul 29 11:01
सारथी लॉजिस्टिक्सको विराटनगर शाखाको भव्य उद्घाटन समारोह सम्पन्न
National Life

काठमाडौं। सारथी लॉजिस्टिक्स प्रा.लि.ले आज विराटनगरमा आफ्नो नयाँ शाखाको भव्य उद्घाटन गर्दै देशव्यापी सेवा विस्तारको एक महत्वपूर्ण पाइला चालेको घोषणा गरेको छ।

Shikhar
NIMB

उद्घाटन समारोहको अवसरमा कम्पनीले विराटनगर र इटहरीबाट देशका २५ भन्दा बढी मुख्य शहरहरूमा बुकिङ सेवा सुरु गरेको औपचारिक घोषणा गर्‍यो। ती गन्तव्यहरूमा निम्न शहरहरू समावेश छन्:

बर्दिबास, सर्लाही, वीरगञ्ज, हेटौंडा, टाडी (पर्सा), नारायणघाट, कावासोती, बुटवल, भैरहवा, बर्दघाट, परासी, घोराही, तुल्सीपुर, रुकुम, सल्यान, पाल्पा, प्युठान, अर्घाखाँची, चौनौटा, कोहलपुर, नेपालगञ्ज, सुर्खेत, धनगढी, महेन्द्रनगर, काठमाडौं, पोखरा, त्रिशूली।

यस विशेष अवसरमा, सारथी लॉजिस्टिक्सका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत (CEO) श्री राजकुमार न्यौपानेले आफ्नो मन्तव्यमा भने “हामी आज विराटनगरजस्तो प्रमुख व्यापारिक केन्द्रमा सारथीको सेवा विस्तार गर्न पाउँदा अत्यन्त गर्व महसुस गर्दैछौं। यो हाम्रो लक्ष्यतर्फको अर्को ठूलो पाइला हो – जहाँ हाम्रा ग्राहकहरूलाई भरपर्दो, किफायती, र प्रविधिमैत्री सेवा उपलब्ध गराउने हाम्रो मिशन रहेको छ। हाम्रो दृष्टिकोण नेपालका सबै सहर र गाउँहरूलाई सहज रूपमा जोड्ने, आर्थिक समृद्धिमा सहयोग गर्ने, र देशव्यापी मानक स्थापना गर्ने हो। चाँडै नै हामी देशका सबै प्रमुख सहरहरूमा हाम्रो उपस्थिति बनाउने योजनामा छौं।”

उक्त समारोहमा स्थानीय विशिष्ट व्यक्ति, उद्योगी/व्यवसायी, साझेदारहरू र शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सारथी लॉजिस्टिक्सले पारदर्शिता, ग्राहक सन्तुष्टि, र राष्ट्रिय गौरवसहितको सेवा प्रदान गर्ने दृढ संकल्प लिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया