Nepal Life

एनएमबि बुद्ध भिसा डेबिट कार्ड सार्वजनिक, के-के छन् सुविधा ?

Global Ime detail Page
  • BFIS News
  • 2023 Sep Thu 18:10
एनएमबि बुद्ध भिसा डेबिट कार्ड सार्वजनिक, के-के छन् सुविधा ?
Sanima Reliance

काठमाडौं । एनएमबि बैंक लिमिटेड र बुद्ध एयरले एनएमबि बुद्ध भिसा डेबिट कार्ड सार्वजनिक गरेको छ । सो कार्डले ग्राहकहरुको यात्रालाई अझै सहज बनाउने विश्वास एनएमबि बैंक र बुद्ध एयरले लिएको छ । 

NIMB

को–ब्रान्डेड डेविट कार्डका ग्राहकहरुले काठमाडौँ उपत्यका भित्र रहेका बुद्घ एयरका तीन काउनटरहरु, एयरपोर्ट, सिनामंगल र जावलाखेलबाट हवाई टिकट खरिद गर्दा हवाई भाडामा १०% छुट पाउनेछन् । यसको साथै ग्राहकहरुले आन्तरिक टर्मिनलबाट यात्रा गर्दा थप ५ किलो सामान निःशूल्क लान सक्नेछन् ।

एनएमबि बुद्घ भिसा डेबिट कार्ड प्रयोेग गर्ने ग्राहकहरुलाई शत प्रतिशत भाडा (१००% क्यास ब्याक ) फिर्ता गर्नु यस कार्डको मुख्य विशेषता हो र नेपालको जुनसुकै कुनामा रहेका एटिएमबाट निःशुल्क नगद झिक्ने सुविधा समेत यस कार्डका प्रयोगकर्ताहरुलाई प्रदान गरिएको छ । 

कार्यक्रममा बैंकका सीईओ केसीले नेपालको पर्यटन विकासमा बुद्ध एयरको महत्वपूर्ण योगदान रहेको बताए । उनले बुद्ध एयरसंग पहिलो पटक सहकार्य गर्न पाउँदा खुशी व्यक्त गरे । केसीले भने,–बुुद्ध एयर नेपालीले पनि गर्न सक्छ भन्ने उदाहरण स्थापित गरेको छ । हामीले पहिलो पटक बैंकले बुद्ध सहकार्य गर्ने पायौँ । प्लेन छुट्यो भने टिकट फ्रि मा क्यान्सिल हुन्छ । अझ एनएमबीका कार्ड होल्डरले ५ केजी एक्ट्रा सामान बोक्न सक्छन् ।’

सोही अवसरमा बुद्ध एयर अध्यक्ष विरेन्द्र बहादुर बस्नेतले एनएमबी बैंकसँगको सहकार्य २६ वर्षअघि देखी रहेको बताए । बस्नेतले एनएमबि बैंकसँग आगामी दिनमा थप सहकार्य गर्दै जाने बताए । चिनबाट नेपालमा पैसा ट्रान्सफर गर्न वीच्याटको पनि सुविधा रहेको छ ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १४६ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया