NIMB Header 2
Nepal Life

एक लाख अवलोकनकर्ता स्वागत गर्दै नेपाल मोविलिटी एक्स्पो २०२५ सम्पन्न

National Life
  • BFIS News
  • 2025 Aug 13 14:31
एक लाख अवलोकनकर्ता स्वागत गर्दै नेपाल मोविलिटी एक्स्पो २०२५ सम्पन्न
Sanima Reliance

श्रावण २६, काठमाडौं – नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएशन (नाइमा) द्वारा आयोजित ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ आज सम्पन्न भएको छ । श्रावण २१ गते सुरु भएको एक्स्पो एक लाख भन्दा धेरै दर्शकहरुले अवलोकन गरेका छन् । 

Shikhar
NIMB

सरकारी तथा गैरसरकारी संस्थाका कर्मचारी, स्थानिय तहका जन प्रतिनिधि, उद्योग क्षेत्रका प्रतिष्ठित व्यक्तित्व, सञ्चारकर्मी, व्यवसायी, अटोमोबाइल क्षेत्रका अग्रज व्यक्ति, कुटनितिक नियोगका पदाधिकारी, तथा सर्वसाधारणहरुको बाक्लो उपस्थिती रहेको एक्स्पो सोमबार साँझ विशेष कार्यक्रमका साथ सम्पन्न भएको हो । 

समापन समारोहमा एक्स्पोसँग प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा संलग्न सम्पूर्णलाई धन्यवाद दिँदै नाइमाका अध्यक्ष, रितु सिंह वैद्यले एक्स्पो अपेक्षा गरेभन्दा बढि सफल भएको बताइन्। एक्स्पोका प्रायोजक नेशनल इन्श्योरेन्स र एभरेष्ट बैंकका साथै सबै साझेदारहरुको सामुहिक योगदानले एक्स्पो सफल भएको उनले जोड दिइन् । “यो पछिल्लो ६ दिन एकदम अद्भुत रह्यो । नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को समापन कार्यक्रममा उभिँदा, म अत्यन्त उत्साहित छु तपाईंहरूले यो एक्स्पोलाई साच्चिकै नेपालको सबैभन्दा ठूलो अटो एक्स्पो बनाउनुभयो । एक लाखभन्दा बढी दर्शक, प्रत्येक स्टलमा भएको बिक्री, मोबिलिटी सम्बन्धित प्यानल डिस्कसनमा भएको उत्कृष्ट सहभागिताका साथै तपाईंहरू प्रत्येकले देखाउनुभएको ऊर्जा, विचार, सहकार्य र जोशदेख्दा मलाई नाइमाले नेपालको मोबिलिटी क्षेत्रमा नयाँ आयामको विकाश गरेको अनुभव भएको छ ।” अध्यक्ष वैद्यले भनिन् । 

नाइमाका कार्यकारी निर्देशक राज कुमार दुलालले नाइमाले एक्स्पोका दौरान पाँच दिनसम्म निरन्तर सिकाईका सत्रहरु संचालन गरि नाइमा सो क्षेत्रको समग्र विकासमा प्रतिवद्ध छ भन्ने संदेश प्रवाह गरेको वताउनु भयो। यी सत्रहरु सहभागिहरुका लागि निःशूल्क प्रवेश सहित नेपाल पुलिस क्लबमा नेपाल र भारतका लब्धप्रतिष्ठित विज्ञहरुको सहभागीतामा संंचालन गरिएको थियो ।

नाइमाले भविष्यमा पनि यस्ता कार्यक्रमहरु नियमित रुपमा सरकार, सरोकारवालाहरु, र दातृ निकायहरु तथा उपभोक्ताहरुको सहभागितामा आयोजना गरिने कार्यकारी निर्देशक दुलालले बताए। 

सवारी साधन मात्रै प्रदर्शनीमा राखिएको नेपालकै सबैभन्दा ठूलो एक्स्पो– नाइमा नेपाल मोविलिटी एक्स्पो २०२५मा पहिलो दिन पन्ध्र हजार, दोश्रो दिन तेह्रहजार पाँच सय, तेश्रो दिन उन्नाइस हजार पाँच सय, चौथो दिन एक्काइस हजार पाँच सय, पाँचौ दिन बाइसहजार, र छैठौँ दिन सातहजार आठ सय दर्शकहरुले अवलोकन गरे । श्रावण २१ गतेदेखि २६ गतेसम्म सर्वसाधारणका लागि खुला रहेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ मा ५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय  ब्रान्डहरू सहभागी थिए  । 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया