Nepal Life

राष्ट्र बैंकको आज बसेको बोर्ड बैठकले शेयर धितो कर्जाको विषयमा गरेन निर्णय, गभर्नर अधिकारीको अटेरी

Global Ime detail Page
  • BFIS News
  • 2023 Sep Fri 13:25
राष्ट्र बैंकको आज बसेको  बोर्ड बैठकले शेयर धितो कर्जाको विषयमा गरेन निर्णय, गभर्नर अधिकारीको अटेरी
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकको आज बसेको सञ्चालक समितिको बैठकले शेयरधितो कर्जामा लगाउदै आएको १२ करोडको सिमालाई हटाउने निर्णय गर्ने अपेक्षा गरिएको थियो । तर आज बसेको बैठकले राष्ट्र बैंकको नव नियुक्त सञ्चालक अर्थ सचिव कृष्णहरि पुष्करलाई स्वागत गरेर टुङ्गाएको छ । 

NIMB

अर्थमन्त्री डा. प्रकाशरण महतले अर्थमन्त्रीलाई भेटेरै शेयरधितो कर्जामा लगाउदै आएको १२ करोडको सिमालाई हटाउन निर्देशन दिएका थिए । गभर्नर अधिकारी भने यसमा अलिकति पनि सहमत थिएनन्  । तर चौतर्फ दवाव पछि राष्ट्र बैंकको सञ्चालकहरु शेयरधितो कर्जाको सिमा हटाउने विषयमा सहमत भएका थिए । सबै सञ्चालक एकातिर गभर्नर अर्को तिर हुने भए पछि उनि सहमत भएका थिए । त

तर आज बसेको सञ्चालक समितिबाटै यस विषयमा निर्णय गर्ने चर्चा थियो । तर राष्ट्र बैंकका अनुसार यस विषयमा राष्ट्र बैंकले आन्तरिक रुपमा पनि छलफल गरेको छ । यस विषयमा सञ्चार माध्यममा आएका कुराहरु जस्तो केहि पनि नभएको राष्ट्र बैंकले जनाउदै आएको छ । गभर्नर अधिकारी जुन सुकै दवावलाई पनि थेग्दै आएका छन् । उनि शेयर बजारको विषयमा पहिलादेखिनै नकारात्मक छन् । 

यहि कारणले हिजो दोस्रो बजारमा उछाल आयो । तर आज निर्णय नहुँदा लगानीकर्ताहरु निराज भएका छन् । राष्ट्र बैंकका अनुसार यस विषयमा रिभ्यु गर्ने अवधि बाँकी रहेको छ । राष्ट्र बैंकले आगामी दिनमा बस्ने सञ्चालक समितिको बैठकबाट पनि पारित गर्न सक्ने देखिन्छ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया