Nepal Life

एनआइसी एशियाले डाक्यो वार्षिक साधारणसभा, कहिलेसम्म शेयर किन्दा पाइएला २९ प्रतिशत बोनस शेयर

Global Ime detail Page
  • BFIS News
  • 2023 Sep Fri 14:05
एनआइसी एशियाले डाक्यो वार्षिक साधारणसभा, कहिलेसम्म शेयर किन्दा पाइएला २९ प्रतिशत बोनस शेयर
Sanima Reliance

काठमाडौं । एनआईसी एसिया बैंकले असोज २८ गते घटस्थापनाको दिन २६ औं वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंकले काठमाडौँको भद्रकाली स्थित आर्मी अफिसर्स क्लबमा सभा आह्वान गरेको हो ।  

NIMB

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । बैंकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको २९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.५२६३ प्रतिशत नगद लाभांश गरि कुल ३०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । 

बैंकले साधारणसभा प्रयोजनको लागि असोज १६ देखि असोज २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । असोज १५ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन पाउनुका साथै लाभांश पनि प्राप्त गर्न सक्ने छन् ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया