Nepal Life

यो साता सुनको मूल्यमा सामान्य गिरावट, अमेरिकी डलरप्रतिको आकर्षण कायमै

Global Ime detail Page
  • BFIS News
  • 2023 Sep Fri 14:13
यो साता सुनको मूल्यमा सामान्य गिरावट, अमेरिकी डलरप्रतिको आकर्षण कायमै
Sanima Reliance

काठमाडौं । अमेरिकी डलर मजवुत बन्दै गइरहेका कारण लगानीकर्ताहरु त्यसतर्फ आर्षित भएकोले यो साता पनि विश्व बजारमा सुनको मुल्यमा सामन्य कमी आएको छ । अमेरिकी रिजर्भ बैंक फेडले लिएको ब्याजदर २ प्रतिशतमा स्थिर राख्ने नीतिका कारण अमेरिकी अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्न गई त्यसको प्रभावले डलर मजवुत बनेकोले लगानीकर्ताहरु त्यसतर्फ आकर्षित हुँदा सुनको मुल्यमा कमी आएको हो । यो क्रम अझै केही समय कायमै रहन सक्ने अनुमान विश्लेषकहरुको छ ।

NIMB

अमेरिकी डलर मजवुत बन्दै जाँदा त्यसको प्रभाव स्वरुप त्यहाँको शेयर बजारमा भने गिरावट देखिएको छ ।  अन्तर्राष्ट्रिय बजारमा सुनको मुल्यमा आएको कमीको प्रभावले नेपाली बजारमा समेत मुल्यमा सामान्य कमी आएको छ । 

नेपाली बजारमा यो साताको पहिलो दिन आइतबार प्रति १० ग्राम ९६ हजार २ सय ८० रुपैयाँ रहेको सुनको मुल्य साताको तेस्रो दिन मंगलबार साताकै सबैभन्दा बढी अर्थात प्रति १० ग्रामको ९६ हजार ८ सय ८० रुपैयाँ सम्म पुगेको थियो । त्यस पश्चात साताको अन्तिम कारोबार भएको दिन शुक्रबार प्रति १० ग्राम सुनको मुल्य ९६ हजार १ सय १० रुपैयाँमा झर्यो । जुन साताको पहिलो दिनको तुलनामा अन्तिम दिन प्रति १० ग्राम १ सय ७० रुपैयाँले कम हो भने साताकै उच्च मुल्य कायम भएको दिन मंगलबारको तुलनामा प्रति १० ग्राम ७ सय ७० रुपैयाँले कम हो ।  

यो साता नेपाली बजारमा चाँदीको मुल्य भने सामान्य वृद्धि भएको छ । साताको पहिलो दिन १ हजार २ सय रुपैयाँमा कारोबार भएको चाँदीको मुल्य साताको अन्तिम कारोबार भएको दिन शुक्रबार प्रति १० ग्राम १ हजार २ सय २२ रुपैयाँ पुगेको छ । 

Date

Day

Gold Per 10g

Gold  Per Tola

Silver Per 10g

Silver Per Tola

2080/05/31

Sunday

96,280

1,12,300

1,200

1,400

2080/06/01

Monday

96,450

1,12,500

1,204.50

1,405

2080/06/02

Tuesday

96,880

1,13,000

1,209

1,410

2080/06/03

Wednesday

96,710

1,12,800

1,204.50

1,405

2080/06/04

Thursday

96,450

1,12,500

1,209

1,410

2080/06/05

Friday

96,110

1,12,100

1,222

1,425

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया