Nepal Life

नेपाल लाइफले व्यतित बीमालेखमा ३० प्रतिशतसम्म छुट दिने, ‘बीमालेख नविकरण गर्ने सुनौलो अवसर’

Global Ime detail Page
  • BFIS News
  • 2023 Sep Fri 17:22
नेपाल लाइफले व्यतित बीमालेखमा ३० प्रतिशतसम्म छुट दिने, ‘बीमालेख नविकरण गर्ने सुनौलो अवसर’
Sanima Reliance

काठमाडौं । तपाईले नेपाल लाइफको बीमा पोलिसी खरिद गरेर लामो समयदेखि बीमा शुल्क भुक्तानी गर्नु भएको छैन । यसरी लामो समयसम्म बीमा शुल्क भुक्तानी नगर्दा विलम्ब शुल्क भुक्तानी गर्नु पर्छ । नेपाल लाइफले यसरी लामो समयसम्म बीमा शुल्क भुक्तानी नगरी व्यतित भएका पोलिसीलाई पुनर्जागरणका लागि प्रोत्साहन गर्दै व्याज छुटको अफर ल्याएको छ ।

NIMB

कम्पनीले नविकरण बीमाशुल्क भुक्तानी गर्नुपर्ने मिति १८० दिन वा सो भन्दा बढी समयदेखि व्यतित भई पुनर्जागरणको लागि तोकिएको प्रकृयाँ पुरा गर्नु पर्छ । यसरी व्यक्तित भएका बीमालेखमा यहि असोज ५ गतेदेखि कार्तिक १९ गतेसम्म नविकरण बीमा शुल्क भुक्तानी गरी सुचारु गरेमा बीमालेख नविकरण शुल्कमा लाग्ने विलम्ब शुल्कमा छुट प्रदान गर्ने भएको हो ।

१८० दिन भन्दा माथि २ वर्षसम्म व्यतित भएका बीमालेखहरुमा लाग्ने बिलम्ब शुल्कमा ३० प्रतिशत छुट हुने कम्पनीले जनाएको छ । त्यस्तै २ वर्षदेखि ५ वर्षसम्म व्यतित भएका बीमालेखहरुमा २५ प्रतिशत र ५ वर्ष भन्दा माथि व्यतित भएका बीमालेखहरुमा १० प्रतिशत छुट हुनेछ ।

यसरी व्यतित बीमालेख पुनर्जागरण गर्दा बीमालेखमा लाग्ने विलम्ब शुल्कमा अधिकतम ३० हजार रुपैयाँ भन्दा धेरै छुट हुने छैन ।

यस योजनामा समावेश भएका बीमालेखहरु पुनर्जागरणको मितिदेखि एक वर्ष भित्र समर्पण गर्न आएमा प्रदान गरेको बिलम्ब शुल्क छुट सुविधाको सम्पूर्ण रकम कट्टा गरिनेछ । एक पटक विलम्ब शुल्कमा छुट लिई सकेका बीमितहरुलाई पुरा बीमा अवधिभरी पुनः व्याज छुट दिइने छैन । त्यस्तै तपसिलमा उल्लेख भएका सुविधा प्राप्त गर्नका लागि लागि बीमालेख १८० दिन वा सो भन्दा बढि समय व्यतित भएको हुनुपर्छ ।

यदि बीमितले बीमालेख नविकरण गर्नुपर्ने अवधि भन्दा ६ महिनासम्म बीमा शुल्क भुक्तानी नगरेमा बीमालेख स्वत व्यतित हुन्छ । त्यस्तै बढिमा तीन वर्षसम्म बीमा शुल्क भुक्तानी नभएमा त्यसलाई व्यतित बीमालेखको रुपमा गणना गरिन्छ । त्यसैले व्यतित बीमालेखको सुविधा दिदा तीन वर्ष अवधिसम्मको मात्रै हुन्छ । बीमालेख व्यतित भएमा बीमितले कुनै पनि सुविधा पाउदैनन् ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया