मेयर बालेनले मौलिक सिप र उत्पादनका बस्तुलाई राष्ट्रिय अन्तर्राष्ट्रियकरण गर्दै
- BFIS News
- 2023 Sep Fri 17:47
काठमाडौं । काठमाडौं महानगरपालिकाले मौलिक सिप र उत्पादनसँग जोडिएका बस्तु तथा उत्पादनलाई राष्ट्रिय अन्तर्राष्ट्रिय बजारमा परिचित गराउने कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
मौलिक सिप र उत्पादनसँग जोडिएका बस्तु तथा उत्पादनलाई राष्ट्रिय अन्तरराष्ट्रिय बजारमा परिचित गराउने कार्यक्रम काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका हरेक वडाको आफ्नो छुट्टै पहिचान रहेको मेयर बालेनको धारणा रहेको छ । माटाका भाँडाकुँडा बनाउने, चित्रकला, मूर्तिकला, काष्ठकला, प्रस्तरकला, खानपान, बाद्य सामग्री निर्माण, पहिरन र शृङ्गारका सामाग्री निर्माण यसका केही उदाहरण हुन् । यस्ता उद्यमीहरूको क्षमता अभिवृद्धि गर्नको लागि महानगरले विभिन्न तालिम दिँदै आएको बालनले बताए ।
मेयर बालेनले भने ‘स्थानीयवासीको आय वृद्धिसँग अहिलेसम्म कुनै खास उद्यम पहिचान हुन सकेको छैन भने अब यसलाई पहिचान गर्नु पर्छ । यो पहिचानलाई वडाको पहिचानसँग जोड्नु पर्छ । तालिम मात्रैले पर्याप्तता नदेखेर स्थानीय स्तरमा नै निर्मित बस्तुहरूको बजारीकरणको लागी पनि महानगरले बजारीकरणको लागि पनि सहयोग गर्दै छ ।’
उनले थपे ‘यसका लागि हामी ‘एक वडा : एक नमुना कार्यक्रम’ मार्फत मौलिक सिप र उत्पादनसँग जोडिएका बस्तु तथा उत्पादनलाई राष्ट्रिय अन्तर्राष्ट्रिय बजारमा परिचित गराउने कार्यक्रम सञ्चालन गर्दै छौँ ।’
मौलिक सिप र उत्पादनलाई प्रवर्द्धन गरेर वडा र टोल स्तरमा नागरिकलाई उद्यमी बनाउने र जीवनयापन पद्धतिलाई सहज बनाउने यसको उद्देश्य रहेको उनले बताए । वडाहरूमा हुँदै आएका परम्परागत पहिचानहरू उद्यमशीलतासँग जोडिएका छन् । उनले थपे, अहिलेसम्म जोडिएका छैनन् भने अब जोड्न सकिन्छ । स्थानीय स्तरमा आय आर्जनका लागि अवसर सिर्जना गर्न सकिन्छ । यसका लागि आफ्नो वडाको मौलिक उत्पादन र वडा स्तरीय उद्यमशीलता पहिचान गरेर पठाउन हामीले वडालाई पत्राचार गरेका छौँ । यो विषय हरेक नागरिकको जीवन पद्धति तथा आय व्यवस्थापनसँग जोडिएको भन्दै मेयर बालेनले यस्ता सम्भावनालाई आफ्नो वडामा वा महानगरपालिकाको सामाजिक विकास विभागमा लेखेर पृष्ठपोषण गरिदिन उनले अनुरोध गरेका छन् ।
प्रतिक्रिया