NIMB Header 2
Nepal Life

स्वस्तिक लघुवित्तको आईपीओमा आज अन्तिम दिनसम्म आवेदन दिन सकिने

IME LIFE
  • BFIS News
  • 2025 Aug 19 11:10
स्वस्तिक लघुवित्तको आईपीओमा आज अन्तिम दिनसम्म आवेदन दिन सकिने
United Ajod

काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन ३० गतेदेखि बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (भदौ ३ गते) अन्तिम दिन रहेको छ।

Nepal Life
NIMB

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन गरी बाँडफाँट गरेपछि सर्वसाधारणका लागि शेयर निष्काशन गरेको हो।

लघुवित्तले कुल जारी पूँजीको ४० प्रतिशत बराबर २ करोड ३१ लाख रुपैयाँका २ लाख ३१ हजार कित्ता आईपीओ निष्काशन गर्न अनुमति पाएको थियो। पहिलो चरणमा १ हजार १५५ कित्ता कर्मचारीका लागि, ११ हजार ५५० कित्ता सामूहिक लगानी कोषका लागि र २३ हजार १०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको थियो।

दोस्रो चरणमा भने सर्वसाधारण लगानीकर्ताका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ लाख ९५ हजार १९५ कित्ता शेयर निष्काशन गरिएको छ, जसको कुल मूल्य १ करोड ९५ लाख १९ हजार ५०० रुपैयाँ हुन्छ।

सर्वसाधारणले न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशनका लागि गराइएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी बी (Issuer Rating)’ प्रदान गरेको छ, जसले समयमा वित्तीय दायित्व पुरा गर्ने क्षमतामा उच्च जोखिम रहेको जनाउँछ।

धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत सि–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया