NIMB Header 2
Nepal Life

नेविसंघद्धारा तारकेश्वरमा प्लस टु उत्तीर्ण ३५० भन्दा धेरै विद्यार्थीलाई सम्मान, विद्यार्थीहरुले मनोबल उच्च राख्नुपर्छ : महामन्त्री शर्मा

Muktinath Bank
  • BFIS News
  • 2025 Aug 22 16:40
नेविसंघद्धारा तारकेश्वरमा प्लस टु उत्तीर्ण ३५० भन्दा धेरै विद्यार्थीलाई सम्मान, विद्यार्थीहरुले मनोबल उच्च राख्नुपर्छ : महामन्त्री शर्मा
Everest Bank

काठमाडौं | नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विद्यार्थीहरुले मनोबल गुमाउने ‘निरासाको मनोविज्ञान’ मानसिकता राख्न नहुने बताएका छन्। तारकेश्वर नगरपालिकामा आयोजित ‘विद्यार्थी बधाई तथा प्राचार्य सम्मान कार्यक्रम’मा बोल्दै उनले जीवनमा सफलताका लागि आत्मविश्वास र दृढ इच्छाशक्तिको महत्त्वपूर्ण भूमिका रहेको बताए।

Shikhar
NIMB

“जन्मिदा गरिब जन्मिनु तिम्रो दोष होइन, तर मर्दा पनि गरिबै मर्नु भनेको तिम्रो अयोग्यता हो,” उनले भने। “केही गर्नै सकिँदैन भन्ने सोचले कहिल्यै सफलता पाइँदैन। यदि तिमी सोच्छौ कि म सक्छु, तब तिमी साँच्चिकै सक्छौ। मनमा दृढ निश्चय भए केही असम्भव छैन।”

महामन्त्री शर्माले विद्यार्थीलाई प्रेरणा दिने उद्देश्यले भने, “हरेक मानिसभित्र प्रतिभा हुन्छ। म केहि गर्न सक्छु, म केहि बन्न सक्छु भन्ने सोच राख्नुहोस्।” उनले अहिलेका बालबालिकाले डाक्टर र इन्जिनियर बन्ने सपना देखे पनि शिक्षक वा नेता बन्ने इच्छा नदेखाउनुमा समाज र नेतृत्वकै कमजोरी रहेको उल्लेख गरे। “२० वर्षपछि शिक्षक र नेता नभए समाज कस्तो हुन्छ? त्यसैले नेतृत्वमा आउने र शिक्षा फैलाउने भावना सबै विद्यार्थीमा हुनुपर्छ,” उनले जोड दिए।

कार्यक्रममा तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरी महर्जनले “One child, one teacher, one book, one pen can change the world” भन्ने भनाइ उद्धृत गर्दै शिक्षाको महत्वबारे उच्च रहेको बताए। “शिक्षक आफैँ जलेर अरूलाई उज्यालो दिने दीप जस्तै हुन्। शिक्षाले संस्कृति र गरिमा उचो बनाउँछ,” उनले भने।

प्लस टु पास गरेलगत्तै वैदेशिक अध्ययनको सपना देख्ने युवाहरूलाई पनि मेयर महर्जनले स्वदेशमै केही गर्ने साहस राख्न आह्वान गरे। “देशको सामाजिक, आर्थिक, भौतिक र पर्यटन विकासमा युवाको भूमिका अत्यन्तै महत्वपूर्ण छ,” उनले स्पष्ट पारे।

नेपाल विद्यार्थी संघका अध्यक्ष डोजाङ शेर्पाले शिक्षा नैतिकता निर्माणको बलियो आधार भएको बताए। उनले सबै तहका विद्यार्थीलाई लक्षित गर्दै एकीकृत छात्रवृत्ति पोर्टल (Central Scholarship Portal) निर्माणको माग प्रस्तुत गरेका छन्। “हामीले चाहे स्कुलदेखि विदेशी विश्वविद्यालयमा अध्ययन गर्न चाहनेसम्मका लागि समान अवसर दिनुपर्नेछ,” शेर्पाले भने। साथै, उनले ग्र्याजुएट विद्यार्थीका लागि पेड इन्टरन्सिपको व्यवस्था गर्न नेविसंघले अभियान थालेको जानकारी गराए।

कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री भीमसेनदास प्रधानले शिक्षा अनुशासनको माध्यम भएको बताए। उनले कांग्रेसका औपचारिक कार्यक्रमलाई सहज बनाउन छोटो र स्पष्ट मन्तव्यहरू तयार पार्न सुझावसमेत दिए।

सम्मान र बधाई कार्यक्रम सम्पन्न

नेपाल विद्यार्थी संघ तारकेश्वर नगर कार्यसमितिद्वारा आयोजित कार्यक्रममा सामुदायिक तथा संस्थागत विद्यालयमा कक्षा १२ पास गरेका ३५० भन्दा बढी विद्यार्थीहरूलाई बधाई तथा सम्मान गरिएको थियो। साथै, तारकेश्वर क्षेत्रभित्र प्लस टु अध्यापन गराउने २४ विद्यालयका प्राचार्यहरूलाई पनि विशेष सम्मान गरिएको थियो।

कार्यक्रममा जिल्ला सभापति कृष्ण बानिया ‘सवुज’, उपमेयर सिर्जना बुर्लाकोटी, पार्टीका क्षेत्रीय र प्रदेश सभापति, महासचिव सदस्य तथा महाधिवेशन प्रतिनिधिहरूको उपस्थिति थियो।

कार्यक्रमको अध्यक्षता नेपाल विद्यार्थी संघ तारकेश्वर नगर कार्यसमितिका सभापति सौरभ कुमार कार्कीले गरेका थिए भने केन्द्रिय सदस्य तथा अनुशासन समितिका संयोजक परोपकार अधिकारीले कार्यक्रमको संयोजन गरेका थिए। अधिकारीले “शिक्षा संस्कृति र गरिमाको साधन हो” भन्दै शिक्षा समाजको कल्याणमा लाग्नुपर्ने भन्ने धारणा राखे।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया