NIMB Header 2
Nepal Life

हिमालयन जाभालाई विश्व बजारमा विस्तार गरिने, एनआईबीएल इक्विटी पार्टनर्ससँग लगानी सम्झौता

National Life
  • BFIS News
  • 2025 Aug 29 11:20
हिमालयन जाभालाई विश्व बजारमा विस्तार गरिने, एनआईबीएल इक्विटी पार्टनर्ससँग लगानी सम्झौता
Sanima Reliance

काठमाडौँ, भदौ १३ – नेपाली कफी ब्रान्ड हिमालयन जाभा अब विश्व बजारमा फैलिने भएको छ। एनआईबीएल इक्विटी पार्टनर्स र हिमालयन जाभा कम्पनीबीच भएको लगानी सम्झौता पश्चात् यस्तो योजना सार्वजनिक गरिएको हो।

Shikhar
NIMB

बिहीबार नक्सालमा आयोजित एक विशेष समारोहमा एनआईबीएल इक्विटी पार्टनर्सका प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडे र हिमालयन जाभाका संस्थापक गगन प्रधानले औपचारिक रूपमा सम्झौतामा हस्ताक्षर गरेका थिए।

नेपालकै मौलिक ब्रान्डलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने उद्देश्यले गरिएको यस लगानी सम्झौता दीर्घकालीन साझेदारीको रुपमा अगाडि बढ्ने विश्वास गरिएको छ। कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पाँडेले भने, “हिमालयन जाभालाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने हाम्रो उद्देश्य हो। यो लगानीले नेपाली व्यवसायलाई विश्व बजारमा प्रतिस्पर्धी बनाउनेछ।”

त्यस्तै, हिमालयन जाभाका संस्थापक गगन प्रधानले पनि एनआईबीएलको लगानीले व्यवसायको आत्मबल बढाएको प्रतिक्रिया दिए। उनले भने, “यो साझेदारी हाम्रो यात्राको एक महत्वपूर्ण मोड हो। हामी स्वदेशमै रोजगारी सिर्जना र व्यावसायिक तालिममार्फत दिगो वृद्धितर्फ प्रतिबद्ध छौं।”

साझेदारीपछि हिमालयन जाभाको विस्तार एशिया र अष्ट्रेलियाबाट सुरु गरिने योजना छ। साथै, नेपालभित्र पनि नयाँ आउटलेटहरू सञ्चालन गरिने जनाइएको छ। एनआईबीएल इक्विटी पार्टनर्सका अनुसार यो लगानी नेपाली ब्रान्डलाई विदेशसम्म लैजाने रणनीतिक कदम हो।

सन् १९९९ मा स्थापना भएको हिमालयन जाभाले हाल नेपालभर ७० भन्दा बढी आउटलेटहरू, १८ वटा हिमालयन जाभा एक्सप्रेस र २ वटा Gallery by Himalayan Java उच्च श्रेणीका आउटलेटहरू सञ्चालन गर्दै आइरहेको छ।

यस लगानीबाट हिमालयन जाभाको बिक्री वृद्धि, निर्यातको सम्भावना विस्तार हुने, साथै किसान, रोस्टर, बारिस्टा र फ्रेन्चाइज चेनमा आबद्ध सबैका लागि रोजगारी र सीप विकासको अवसर सिर्जना हुने अपेक्षा गरिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया