United Ajod

रिलायबल नेपाल लाइफ ८ वर्ष पूरा गर्दै ९ औं वर्षमा प्रवेश, बीमा क्षेत्रमा बलियो पहिचान बनाउन सफल

Everest Bank
  • प्रभात कुईकेल
  • 2025 Aug 31 16:30
रिलायबल नेपाल लाइफ ८ वर्ष पूरा गर्दै ९ औं वर्षमा प्रवेश, बीमा क्षेत्रमा बलियो पहिचान बनाउन सफल

काठमाडौं, २०८२ भदौ १५ गते। रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्थापनाको ८ वर्ष पूरा गर्दै ९ औं वर्षमा प्रवेश गरेको छ। जीवन बीमा क्षेत्रमा व्यावसायिकता, सुदृढ वित्तीय स्थिति, तथा बीमितको हितमा केन्द्रित सेवाका कारण कम्पनीले नेपाली बीमा बजारमा अलग्गै पहिचान बनाएको छ। रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नरायण बाबु लोहनीले कम्पनी सबै सूचकमा उत्कृष्ट अवस्थामा रहेको बताएका छन्।

उनले बीमा शुल्क आर्जनमा समेत उल्लेखनीय प्रगति गरेको जानकारी दिँदै सोल्भेन्सी रेसियो (भुक्तानी क्षमताको अनुपात) मा उत्कृष्ट रहेको उल्लेख गरे। "सबै सूचकलाई हेर्दा खेरी, वित्तीय रूपमा धेरै बलियो बनेका छौं," लोहनीले थपे।

बीमा उद्योगमा मर्जरको लहर चलिरहेको बेला रिलायबल नेपाल लाइफले भने आफैँलाई मर्जरबाट अलग राख्दै आफ्नो पहिचान बलियो बनाएको छ। कम्पनीले स्थापनाको वर्ष ४२ करोड ६७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेकोमा गत आर्थिक वर्षमा ५ अर्ब ३९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ। 

"सबै प्यारामिटरमा राम्रो भएर आएको छ। हामी मर्ज नभइकन नेपालको दोस्रो ठुलो पूँजीकोष (चुक्ता पूँजी र जगेडा कोष) भएको कम्पनी भएका छौं," लोहनीले भने। कम्पनीले प्रत्येक वित्तीय सूचकमा उत्कृष्टता देखाएर आफ्ना उच्च व्यवस्थापन क्षमताको प्रमाण दिएको छ।

साना बीमा योजना मार्फत ग्रामीण क्षेत्रमा सेवा

कम्पनीले लघुवित्त वित्तीय संस्थाहरु सँगको सहकार्यमा गाउँगाउँसम्म बीमा सेवा पुर्याएको छ। कम्पनीको देशव्यापी उपस्थिति, बृहत बीमा योजनाहरू, र प्रतिस्पर्धी सेवाले नेपाली बीमा बजारमा बलियो उपस्थिति बनाएको छ। हजारौ अभिकर्ता तथा विभिन्न संस्थाहरु मार्फत कम्पनीले आफ्नो उपस्थिति सबै स्थानमा पुर्‍याएको छ। 

प्रविधिमैत्री योजना र भविष्यको रणनीति

रिलायबल नेपाल लाइफले भविष्यमा प्रविधिमैत्री बीमा सेवा विस्तार गर्ने योजना बनाएको छ। बीमाको पहुँच भन्दा बाहिर रहेका जनसंख्यालाई समेट्ने, स्थानीय आवश्यकतालाई सम्बोधन गर्ने बीमा योजनाहरू ल्याउने र डिजिटलाइजेसनमा अझ बढी केन्द्रित हुने रणनीति लिएको छ।

कम्पनीले बृहत र विविध बीमा योजनाहरू ल्याउँदै बजारमा बलियो प्रतिस्पर्धीको रूपमा आफूलाई स्थापित गरिसकेको छ। लोहनीका अनुसार कम्पनीको भावी योजना प्रविधिमैत्री हुने छ। डिजिटलाइजेसनमा थप जोड दिँदै कम्पनीले अझ धेरै जनसंख्यालाई बीमाको पहुँचमा ल्याउने लक्ष्य लिएको छ। "बीमितलाई अझ कसिलो रूपमा जोड्नका लागि माटो सुहाउँदो बीमा योजना ल्याउनेछौं," लोहनीले भने। "ब्राण्डिङमा अझ धेरै केन्द्रित हुनेछौं।"

बीमितलाई उच्चतम प्रतिफलका लागि छुट्टै लगानी कम्पनी

बीमितलाई उच्चतम प्रतिफल प्रदान गर्न कम्पनीले २० करोड चुक्ता पूँजीको “रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल” नामक सहायक कम्पनी स्थापना गरिसकेको छ। नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त यस कम्पनीले पोर्टफोलियो व्यवस्थापन, फण्ड म्यानेजमेन्ट, अन्डरराइटिङ जस्ता सेवाहरू प्रदान गर्दै आएको छ।

कम्पनीले बीमा क्षेत्रमा पहिलो म्युचुअल फण्ड “रिलायबल समृद्धि योजना” मार्फत १ अर्ब २० करोड रुपैयाँ संकलन गर्न पनि सफल भएको छ। कम्पनीले बीमितलाई उच्चतम प्रतिफल प्रदान गर्न छुट्टै लगानी कम्पनी खोल्ने तयारी गरिरहेको लोहनीले जानकारी दिए। "नियामक निकाय बीमा प्राधिकरणले अनुमति दिने बित्तिकै हामी अगाडि बढ्नेछौं," उनले भने। साथै, नेपाल बीमा प्राधिकरणको नीति तथा नियमभित्र रहेर सम्भव भएसम्म बीमितलाई उच्च प्रतिफल दिने क्षेत्रमा लगानी गर्ने कम्पनीको योजना रहेको उनले बताए। हाल कम्पनीको कुल लगानी २० अर्ब रुपैयाँ रहेको छ। 

वित्तीय सूचकहरूमा उत्कृष्ट प्रदर्शन

रिलायबल नेपाल लाइफसँग करिव ८ अर्ब रुपैयाँको पूँजीकोष रहेको छ भने जीवन बीमा कोषमा १३ अर्ब ६२ करोड रुपैयाँभन्दा बढी सञ्चित छ। कम्पनीको क्लेम सेटलमेन्ट दर ९९.९९ प्रतिशत रहेको छ, जुन बीमितको विश्वासको प्रतीक मानिन्छ।

दक्ष जनशक्ति र मितव्ययी सञ्चालन

कम्पनीले आफ्ना अभिकर्ता तथा कर्मचारीहरूको दक्षता अभिवृद्धिका लागि स्वेदश तथा विदेशमा  विभिन्न तालिमहरू सञ्चालन गर्दै आएको छ। डिजिटल प्रविधिको प्रयोग गर्दै सबै तहका नागरिकलाई समेट्ने उद्देश्यले कम्पनीले सेवा विस्तार गरिरहेको छ। दीर्घकालीन लगानीमार्फत उच्च प्रतिफल प्राप्त गर्ने रणनीति अनुरूप कम्पनीले मितव्ययी सञ्चालनलाई उच्च प्राथमिकता दिएको छ।

प्रतिष्ठित प्रवर्द्धक र अन्तर्राष्ट्रिय पुनर्बीमा साझेदारी

रिलायबल नेपाल लाइफ एक प्रतिष्ठित अर्थशास्त्री, उद्योगपति, बैंककर्मी तथा व्यवसायीहरूको समूहद्वारा प्रवर्द्धित कम्पनी हो। प्रमुख प्रवर्द्धक संस्थाहरूमा ग्लोबल आइएमई बैंक लिमिटेड र प्रभु बैंक लिमिटेड रहेका छन्।

कम्पनीले नेपाल पुनर्बीमा कम्पनीको अतिरिक्त जर्मनीको Hannover Re Life Reinsurance Company सँग पुनर्बीमा सम्झौता गरेको छ। यस पुनर्बीमा कम्पनीलाई Standard & Poor’s बाट AA- (Very Strong) र A.M. Best बाट A+ (Superior) को मूल्यांकन प्राप्त छ।

जीवन बीमा कोष

रिलायलब नेपाल लाइफको अर्को सुन्दर पक्ष भनेको जीवन बीमा कोष हो। स्थापनाको वर्ष ३१ करोड ७२ लाख रुपैयाँ रहेको जीवन बीमा कोष ९ वर्षको दौरानमा १३ अर्ब ६२ करोड रुपैयाँ पुर्याउन सफल भएको छ।

कम्पनीको दर्ता र पूँजी संरचना

रिलायबल नेपाल लाइफ कम्पनी ऐन २०६३ अन्तर्गत दर्ता नम्बर १०३६-०६४/०६५ मा वि.सं. २०६४ साल मंसिर १८ गते स्थापना भएको हो भने औपचारिक व्यवसायिक सञ्चालन वि.सं. २०७४ साल भदौ १५ गतेदेखि शुरु भएको हो। कम्पनीको अधिकृत पूँजी ५५ अर्ब रुपैयाँ रहेको छ।

७० लाखभन्दा बढी बीमितको ढुकढुकी बन्न सफल रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो सफलताको यात्रा जारी राख्ने प्रतिवद्धता सहित सबै नियामक निकायहरू, अभिकर्ता, शेयरधनी, कर्मचारी र शुभेच्छुकहरूलाई धन्यवाद ज्ञापन गरेको छ।

(नोटः प्रस्तुत तालिका तथा इन्फोग्राफिक्स कम्पनीले सार्वजनिक गरेको पछिल्लो लेखापरीक्षण प्रतिवेदनबाट लिइएको हो।)

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया