NIMB Header 2
Nepal Life

हिमाल आरोहणबाट ६४ करोड राजस्व संकलन

National Life
  • BFIS News
  • 2025 Sep 02 13:47
हिमाल आरोहणबाट ६४ करोड राजस्व संकलन
Sanima Reliance

ताप्लेजुङ। पछिल्ला वर्षहरूमा नेपालमा हिमाल आरोहण गर्नेहरूको सङ्ख्या निरन्तर बढिरहेको छ। पर्यटन विभागका अनुसार गत वर्ष नेपालका विभिन्न हिमाल र पिक आरोहणबाट कुल रु ६३ करोड ८२ लाख ९४ हजार ९७९ राजस्व संकलन भएको छ।

Shikhar
NIMB

ताप्लेजुङस्थित विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमालमा गत मार्च १ देखि अप्रिल २१ सम्म २६ पुरुष र १५ महिला गरी ४१ आरोहीले आठ हजार ५५६ मिटर उचाइको चुचुरोमा सफल आरोहण गरेका छन्। यस आरोहणबाट रु १ करोड ९७ हजार ४६० राजस्व संकलन भएको विभागले जनाएको छ।

सङ्खुवासभाको मकालु हिमालमा सोही अवधिमा ६६ आरोहीले सफल आरोहण गरेका थिए। यसबाट रु १ करोड ६२ लाख ६९ हजार ४८० राजस्व संकलन भएको छ। विश्वको सर्वोच्च शिखर सगरमाथामा ३०२ पुरुष र ७२ महिला गरी ३७४ आरोहीले सफल आरोहण गरेका थिए, जसबाट रु ५५ करोड ४९ लाख ९० हजार २७८ राजस्व संकलन भएको थियो।

यो वर्षमा २३ हिमाल र पिकमा आरोहण सम्पन्न भएको थियो। कुल ६७८ पुरुष र १९१ महिला गरी ८६९ नेपाली तथा विदेशी आरोहीले नेपालका हिमालमा सफलता हासिल गरेका छन्।

नेपालको हिमालय क्षेत्र विश्वकै उच्च हिमशिखरहरूको घर हो। कञ्चनजङ्घा, सगरमाथा, ल्होत्से, मकालु, चोयू, धवलागिरि, मनास्लु र अन्नपूर्ण–१ गरी आठ हिमाल आठ हजार मिटरभन्दा अग्ला छन्। विश्वकै १० अग्ला हिमशिखरमध्ये अधिकांश नेपालमै अवस्थित छन्।

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)का तथ्यांकअनुसार ताप्लेजुङस्थित कञ्चनजङ्घा क्षेत्रमा हिमरेखा प्रत्येक वर्ष औसत ६.५ मिटरले माथि सर्दै गएको छ। सोही अवधिमा यहाँको हिमतालको सङ्ख्या २७ बाट ४९ पुगेको छ। यसले जलवायु परिवर्तनको प्रभाव हिमाली भूगोलमा स्पष्ट देखाउँछ।

इसिमोडको २०२२ को हिमालयन वाटर सिक्युरिटी प्रतिवेदनले नेपालमा वार्षिक तापक्रम ०.३–०.५ डिग्री सेल्सियसले वृद्धि भएको देखाएको छ। यस तापक्रम वृद्धिले हिमनदी पग्लने दर बढाएको, हिमरेखा माथि सर्ने प्रक्रिया तीव्र भएको र हिमाली क्षेत्रका बासिन्दाको जीवन, खेतीपाती, पशुपालन तथा खानेपानी स्रोतमा असर परेको देखाइएको छ।

विशेषज्ञहरू भन्छन्, तत्काल जलवायु अनुकूलन र दीर्घकालीन रणनीतिहरू अपनाउन नसकिए जलस्रोत, जैविक विविधता र खाद्य सुरक्षामा दीर्घकालीन संकट उत्पन्न हुन सक्नेछ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया